२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरशिक्षास्वास्थ्य

मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०८०/८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुत्केरी भएको ४५ दिनसम्मका महिलाहरुको मृत्यु हुने गरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सबिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा ९ जना मातृ मृत्यु भयो भने ती मध्य ५ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन यता एक जनाको महिलाको मृत्यु भएको छ । पोखरा महानगरमा आर्थिक वर्ष २०८०/८१ म ६ हजार महिला सुत्केरी हुन्छन् भन्ने अनुमान गरिएकोमा १० हजार ८ सय २० जना सुत्केरी भए ।

उनले दिएको जानकारी अनुसारपोखरा-१६ की २५ वर्षिय निलम पुन, पोखरा १४ की ३५ वर्षिय रुपा लामा, पोखरा ३० की १८ वर्षिय सम्झना विक, पोखरा ८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । पुन र लामाको अप्रेशन गरी बच्चा निकाले पश्चात जटिलता भएपछि मृत्यु बताइएको छ । गर्भवती अवस्थामा सम्झना विकको घर नजिकैको बारीबाट लडेर मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

विभिन्न कारणले हुने मातृ मृत्यु दर न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने ब्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको सुरक्षा बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निणर्य गरेको बताइन् ।
उनका अनुसार पहिलो प्राथमिकता आमा तथा शिशुको सुरक्षा ध्यान दिने गरी कार्यक्रम जनसमुदायमा पुर्‍याउने गरी योजना बनाई कार्यक्रमहरु सञ्चालन गर्ने बताइ्न । उनले मातृ मृत्युलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि गर्ने र पूर्वाधार युक्त बनाउन जनशक्ति थप गर्र्नु पर्ने कार्यमा समितिले पहल गर्नुपर्ने बताइन् ।
गभर्वती महिलाको मृत्यु हुने वित्तिकै त्यसको बारेमा अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, सामाजिक विकाश महाशाखा प्रमुख निर्मला शर्मा, निजि अस्पतालहरुको प्रतिनिधिबाट चिकित्सक डा. ऋचा श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा. डेला सिंह सदस्य रहेका छन् भने सदस्यसचिवमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरिक्षक सविना श्रेष्ठ सहित सात सदस्यीय समिति रहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसुती तथा स्त्री रोग विभागका प्रमुख डा.डेला सिंहले पोखरा महानगर क्षेत्रमा गर्भपतन गराउन सुचिकृत स्वास्थ्य संस्था बाहेक अन्य ठाँउबाट गर्न नहुने बताइन् । उनले स्वास्थ्य संस्थामा अनुुगमन गर्नु पर्नेमा जोड दिदै अझै पनि जनचेतनामुलक कार्यक्रमको खाँचो रहेको औल्याइन ।
बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै बनाउदाँ गर्भवतिको अभिछिन्न हेरचाहमा गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने नर्सिङ निरिक्षक सविना श्रेष्ठले बताइन् ।
नीजि स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी गण्डकी मेडिकल कलेजका चिकित्सक डा. ऋचा श्रेष्ठले जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या रहेको बताउदै जनशक्ति थप गर्नु पर्ने खाँचो औल्याइन् ।
नेपाल परिवार नियोजनका संघका प्रतिनिधि नवराज तिवारीले परिवार नियोजन सेवा कार्यक्रम विशेष गरी किशोरकिशोरीहरुसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरका उपप्रमुख मञ्जु देवी गुरुङले मृत्युको कारण पत्ता लगाई त्यसको न्यूनिकरणमा सचेतना मुलक कार्यक्रम संचालन गनु पर्नेमा जोड दिइन् । उमेर पुगेपछि विवाह गर्नुपर्ने, बाल विवाहलाई रोक्नुपर्ने, किशोरी अवस्थामा गर्भ तथा गर्भपतनलाई निरुत्साहीत गर्नुपर्नेमा जोड दिइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…