२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

वृद्धाश्रम र मृगौला पीडितलाई युनाइटेड किङ्स क्लबको सहयोग

पोखरा भ्यूज
पोखरा, २८  कात्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ ।
पोखरा महानगरपालिका २७ स्थित श्रीकृष्ण प्रणाली मन्दिरमा आश्रित वृद्ध वृद्धा तथा बालबालिका लागि ५० हजार बराबरको खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।
मन्दिरका संरक्षक कल्याण कार्की  तथा व्यवस्थापन समितिका सचिव तिलकसालिक अधिकारीलाई कार्यक्रमका संयोजक थमनसिं गुरुङ क्लबका अध्यक्ष धिरज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र क्षेत्री, कास्की जिल्ला भलिबल संघका कोषाध्यक्ष बुद्ध सिंह, क्लबका सदस्यहरु लगायतले सहयोग समाग्री हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै मन्दिरका संरक्षक कल्याण कार्कीले क्लबको सहयोग प्रति आभार प्रकट गरे ।
उनले मन्दिर अन्तरगत सञ्चालनमा रहेको आश्रममा १० जना वृद्ध वृद्धा र १० जना बालबालिका गरी कुल २० जना आश्रित रहेको बताए ।
कार्कीले उक्त आश्रमबारे धेरैलाई थाहा नपाएकाले अन्य आश्रमको तुलनामा सहयोगीदाताहरु पुग्न नसकेको सुनाए ।
यस्तै स्याङ्जाको विरुवा गाउँपालिका २ घर भई हाल पोखरा १४ मझेरीपाटन बस्दै आएकी मृगौला पीडित शान्ति कुमारी गुरुङलाई नगद रु १० हजार सहयोग प्रदान गरेको कार्यक्रम संयोजक थमनसिं गुरुङले जानकारी दिए ।

उनले यसअघि पनि आफ्नै पहलमा संकलित रकम १ लाख ३५ हजार सहयोग गरिसकेको बताए ।
‘उहाँ विगत ७८ वर्षदेखि उपचाररत हुनुहुन्छ । उहाँको उपचारको क्रममा धेरै खर्च भइसकेको छ, उनले भने, ‘त्यसैले हाम्रो क्लबको तर्फबाट सानै भएपनि सहयोग गरेका हौं । यहाँहरुले पनि सहयोेग गर्न चाहनुहुन्छ भने दिल खोलेर सहयोग गरिदिनुहोला ।’
क्लबले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट संकलित रकम कोषमा राखिएको कोषाध्यक्ष कुमार गुरुङले बताए ।
उनले गत सालमात्रै क्लब स्थापना गरेको बताउदै एक वर्षभित्र धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको जानकारी दिए ।
उनका अनुसार क्लबले यसअघि रक्तदान कार्यक्रम, भेट्रान्स भलिबल प्रतियोगिता तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिसकेको  छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…