
पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौचन म्याग्दीकी हुन् ।
डेंगुका कारण उपचार पश्चात काठमाण्डौ घरमै आराम गरिरहनु भएकी गौचनलाई राति १० बजेतिर हृदयघात भएपछि अस्पताल लगिएको थियो । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजोराति साढे ११ बजेतिर उनको निधन भएको हो ।
छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ ।गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।











