जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने, सिकाउने, बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाकोसानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी, असल समाज र असल राष्ट्र निर्माणकोमहान अभियानमा अविरल बग्नुबाहेक सच्चा शिक्षकका लागि अर्को कर्म हुन सक्दैन ।

जापानका शिक्षक

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर शिक्षक ७ बजे नै पुगिसक्छन् । डेस्क–बेन्च मिलेको छछैन, हेर्ने र मिलाउने गर्छन् । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छन् । जापानका सरकारीविद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालयअनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जनाविद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ ।यो पनि शिक्षाकै अंग हो ।
कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफलहुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाउँदछन् ।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्दछन् । उनीहरूको अनुहार उज्यालो छकि अँध्यारो छ नियाल्ने गर्दा रहेछन् । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर शिक्षकलेसोध्छन् । अरू नै केही समस्या भए अभिभावकलाई सोध्ने र समाधानको प्रयास शिक्षकले गरेको पाइयो । यसोगरिएन भने समस्या ठूलो हुँदै जान्छ भन्ने सोच शिक्षकमा रहेछ । त्यसले अनेक असर निम्त्याउन सक्छ भन्नेसोच शिक्षकमा भएको पाइयो । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनकोउसको पढाइ पनि राम्रो हुन्छ भन्ने शिक्षक को सोच हुँदो रहेछ ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्दा रहेछन् ।विभिन्न क्रियाकलाप गराउँदरहेछन् । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँनेप्रचलन रहेछ । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिने रहेछ । जस्तो, खेलमा हार–जीत हुन सक्छ ।यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउनसकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ भन्ने शिक्षकको धारणा पाए ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने, सिकाउने, बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाकोसानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी, असल समाज र असल राष्ट्र निर्माणकोमहान अभियानमा अविरल बग्नुबाहेक सच्चा शिक्षकका लागि अर्को कर्म हुन सक्दैन ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । शिक्षकले उनीहरूलाई आफ्नो लागि मात्र होइनआफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छन् । विद्यालय तहको पढाइ पूरा हुँदाउनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीपविकास भएको हुँदोरहेछ ।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुने गर्दो रहेछ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुने गर्दे रहेछ । विद्यार्थीहरुलाई कहिले कुनै किताब पढ्नत कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइने गरेको पाइयो । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ किहुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ताविषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानीभाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनिसिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी तकम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नु पर्यो भने यो भने आधाघरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्दछन् । सम्मान दिनुपर्छ ।उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ भन्ने सोचशिक्षकहरुमा हुन्छ ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउनशिक्षकले मिहिनेत गर्नुपर्छ भन्ने सोच स्वयं शिक्षकले राख्नु हुन्छ ।
नेपाल र जापान उच्च शिक्षा कोर्षमा रिसर्च गर्दै





