२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्यखबरपर्यटन

पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण

पोखरा भ्यूज
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ ।
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रदेशका पर्यटन मन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक बृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०२५ लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षको रूपमा मनाउन लागेकोले आसन्न चीन भ्रमणको सन्दर्भमा यी विषयमा आफुले प्राथमिकताका साथ कुरा राख्ने बताए । पोखरा र गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना भएकोले यसको विकासका लागी आफू प्रतिबद्ध भएको र आफ्नो राजनीतिक जीवनकालमा पोखरासँगको छुट्टै सम्बन्ध भएको प्रधानमन्त्रीले स्मरण गरे ।
सोही अबसरमा निजी क्षेत्रको तर्फबाट पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ध्यानाकर्षणपत्र पेश गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरा जोडने सडक मार्ग निमाणको काममा भएको ढिलासुस्ती बारे ध्यानाकर्षण गराए ।
भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री प्रसाद पाण्डे, नेपाल वायुसेवा निगमका महानिर्देशक प्रदीप अधिकारी, प्रदेश मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख दिनेश आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महासचिव जीवनराज सापकोटा, निबर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, टेशा पोखराका अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी लगायत विभिन्न पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…