
पोखरा भ्यूज
कुश्मा, पर्वत । धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा पर्वतस्थित लायन्स क्लबको आयोजनामा सरसफाई कार्य सम्पन्न भएको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत जोन ३ अन्तर्गतका पर्वतमा रहेका क्लबहरू लायन्स क्लब अफ पर्बत गुप्तेश्र्वर, पर्बत भुमेकोट, पर्बत गुप्तेश्र्वर मोदी र पर्बत सारथीको संयुक्त आयोजनामा बुधवार बाला चतुर्दशीको पूर्व संध्यामा धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्र्वर गुफा परिसरमा सरसफाई सम्पन्न भएको हो ।

पर्वत स्थित क्लबहरूले मंसिर १५ गते पर्न गएको बाला चतुर्दशी दिनको अवसरमा गुफा पुग्ने पदमार्ग, गुफा आसपासको क्षेत्र समेत सरसफाई गरेका थिए ।
लायन्स क्लब अफ पर्बत गुप्तेश्र्वरका अध्यक्ष धनराज बि पौडेलको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ३ का जोन चेयरपर्सन डासीराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पर्बत भुमेकोटका अध्यक्ष संबिधान गिरी, पर्बत गुप्तेश्र्वर मोदी रुचिला सापकोटा र पर्बत सारथीका अध्यक्ष लिला पौडेल लगाएत क्लब पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको कार्यक्रम संचालक गणेश पौडेलले जानकारी दिए ।











