२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरसहकारी

दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

पोखरा भ्यूज

पोखरा, ६ पुष । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा-२५ हेमजाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको २०८०/०८१ सम्म शेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४ करोड ३६ लाख १ हजार ७ सय ९२ रुपैया र ऋण लगानी ५ करोड ६९ लाख ९५ हजार ४ सय २७ रुपैया रहेको छ ।
कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठी, लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीलेले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको थियो ।
संस्थाले शेयर सदस्यहरुलाई व्यवयसायिक बनाउने निति अनुसार ९ प्रतिशत व्याजदरमा कृषि तथा व्यवसाय कर्जा प्रदान गर्ने अध्यक्ष मोहन प्रसाद त्रिपाठीले जानकारी दिए ।
विशेष गरी संस्थाका शेयर सदस्यलाई नै लक्षित गरेर सञ्चालक समितिले कम व्याजदरमा कर्जा प्रवाह गर्ने निणर्य गरेको हो’ त्रिपाठीले भन्नुभयो, ‘कृषि पेशलाई व्यवसायिक बनाउनका लागि संस्थाको शेयर सदस्यहरुले यो सुविधा लिनुहोस् ।’
शेयर सदस्यलाई वार्षिक रुपमा बोनस मात्र नभई अन्य सेवाहरुबाट सुविधा दिने लक्ष्य संस्थाको रहेको उनको भनाई थियो । उनले आफ्नो कारोवार आफ्नै सहकारी मार्फत गर्न सम्पूर्ण शेयर सदस्यहलाई आग्रह गरे ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता ओमकुमारी बास्तोला, असल ऋणि तुलदेवी रोकालाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठी, सल्लाहकार होतराज त्रिपाठी र सल्लाहकार प्रकाशचन्द्र सापकोटाले अविर खादा र मायाको चिनो सहित सम्मान गरेका थिए । त्यसैगरी संस्थाकी कर्मचारी प्रभा पौडेललाई विदाई गरिएको थियो ।
दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठीले स्वागत, सदस्य मनिषा पोख्रेलले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…