२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा प्रेस युनियन सडकमा

काठमाडौं । नेपाल प्रेस युनियन सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा सडक प्रदर्शनमा उत्रिएको छ।

नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को विरोधमा सडक प्रदर्शनमा उत्रिएको हो।

उनीहरूले बिहीबार सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आमनागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको बताए।

‘सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस गरेर आम नागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको छ। तत्काल राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ता गरेरसरोकार वालाहरूसँग छलफल गरेर मात्रै त्यो विधेयकलाई पूर्णता दिने गरी राष्ट्रिय सभामा र प्रतिनिधि सभामा पेस गर्नका निम्ति अनुरोध गर्दछु’ उनले भने । सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुनर्लेखन नगरे स्वीकार गर्न नसकिने लम्सालको भनाई थियो ।

उनले विधेयकले वाक तथा प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रावधान रहेको भन्दै विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुन लेखन नगरिए विधेयक स्वीकार गर्न नसकिने बताए।

विरोध प्रदर्शन युनियनका काठमाडौं अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेको बताए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…