२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स पोखराको हरिचोकमा संचालनमा  

पोखरा । पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले पोखरा महानगरपालिकाको वडानम्बर १ मा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएको छ ।
बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्गको तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले आफ्नै भवनमा घरयासी प्रयोजनका बस्तु बिक्री सुरु गरिएको जानकारी दिए ।
ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गदैँ आएको थियो, काइरालाले भने, अहिले उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गदैँ  किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएका हौँ ।
हरिचोकदेखी याम्दी सम्मको सडक स्तरोन्तीको काम र आर्थिक मन्दीले समेत चुनौती थपिरहेको सन्र्दभमा उक्त क्षेत्रको व्यवसायलाई चलायमान बनाउन चुनौती रहे पनि गुणस्तरीय बस्तु शुलभ मुल्यमा उपभोक्ताको भान्सामा पुर्याउने उदेश्यले व्यवसाय संचालनमा ल्याइएको प्रबन्ध संचालक कोइरालाले बताए ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स संचालनमा आएको कोइरालाले बताए । सबै प्रकारका किचेन र इलेक्ट्रोनिक्स सामाग्री उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
भान्सामा प्रयोग हुने ग्यासदेखी हिटर, पानी तताउने वाटर डिस्पेन्सर, वासिङमेसिन, गिजर, इलेक्ट्रीक भाडाकुडा साथै होटल तथा प्रतिष्ठानहरुका लागि आवश्यक बिजीएन किचेन र इलेक्ट्रोनीक्सका सम्पूर्ण सामाग्री उपलब्ध हुने कोइरालाले बताए ।
ग्राहकका लागि विक्री खुल्ला भइसकेको भए पनि यही फागुन २८ गते नयाँ आउटलेटको औपचारीक उद्याटन हुने संचालक रामकृष्ण कोइरालाले जानकारी दिए । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्याटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
उद्याटनको अवसरमा १० प्रतिशत छुटको समय सुविधा रहेको कोइरालाले बताए ।
बिजीएन ग्रुप निर्माणको क्षेत्रमा उत्कृष्ट कर्य गदैँ आएको कम्पनी हो । जस अन्र्तगत भक्तगौरी निर्माण प्रालि, बिजीएन टे्रडर्स (मोटर पार्टस), बिजीएन निर्माण प्रालि संचालनमा छन् ।
कम्पनीका प्रबन्ध निर्देशक कोइराला हेवि इक्वीपमेन्टका संघको केन्द्रीय सदस्य र कास्की जिल्ला अध्यक्ष हुन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…