२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार शिशिर

पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्।
लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उहाँका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताउनुभयो। नौं वर्ष अघिको सोच अहिले आएर पुरा भएको छोरा राजेशले बताउनु भयो । नवनिर्मित चौतारीको धार्मिक परम्परा अनुसार विधि पुर्वक प्रतिष्ठा गरिएको छ। नेपाल सरकारका पुर्व सचिव आचार्य,कान्ती आचार्य राजेश आचार्य र शोभा आचार्य सहित उहाँको परिवारले चौतारीको प्रतिष्ठा गर्नुभएको थियो।करिव ५ लाख रुपैयाको लागतमा वर, पिपल र सम्मी सहितको आर्कषक चौतारी निर्माण गरिएको हो ।
पुरोहित सहित राखेर गरिएको कार्यक्रममा सहभागिले आचार्य परिवारको कार्य ऐतिहासिक र प्राचिन चौतारी र बोट विरुवा संरक्षणमा महत्वपुर्ण रहेको बताएका थिए। आचार्यले मन्दिरको विकास र संरक्षणमा थप सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै, नयाँ पुस्तालाई चौतारी संरक्षणमा लाग्न आग्रह गर्नुभयो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले आचार्य परिवारले गरेको कार्य उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो। धार्मिक कार्यका नाममा वर, पिपल र सम्मीका रुख मास्ने कार्य भएकोमा चिन्ता व्यक्त गर्दै आचार्य परिवारले यसको संरक्षण गर्न मन्दिर समिति समक्ष आग्रह गरेका छन् । चौतारी निर्माणमा मन्दिर समितिका कोषध्यक्ष तेजेन्द्र पौडेल, पुर्व कोषाध्यक्ष नन्दराज दाहाल, समाजसेवी झपेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।
पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिने सो परिसरमा मन्दिर तथा चौतारी संरक्षणका लागि विभिन्न विकास निर्माणका कार्यहरू भईरहेका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…