२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्व हुन्ः मन्त्री पाण्डे

काठमाडौं-संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू उठाएको उद्घोष गरेका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, सम्पदा भनेको सभ्यताको पहिचान हो। यी हाम्रा परिचयका प्राण तत्व पनि हुन् । यसम केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्विलो छ । उहाँले भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्विक संर या पुनः निर्माण परम्परागत शैलीमै गरिएको समेत बताए ।

मन्त्रि पाण्डेले भने-ललितपुरमा  पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौँमा जीवित छन् । हाम्रा अरनीको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ। त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन् । उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको पनि बताए ।

मन्त्री पाण्डेले स्थानीयको सह‌भागीता विना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताए । उनले  भुकम्पका कारण हाम्रा युप्रै सम्पदाहरु बलेका बताउँदै अहिले ती सम्पादाहरु उठ्ने क्रममा रहेको उल्लेख गरे । उनले भने, भूकम्पपछि बलेका सम्पदाहरु उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौं, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ । उनले  मुटुलुकमा भूकम्प जुन सुकै बेला र जति सुकै बेला आउन सक्ने बताउँदा सम्पदाहरु निर्माण गर्दा त्यसबाट सचेत हुन जरुरी रहेको बताए ।

मन्त्री पाण्डेले काठमाडौं भित्रका थुप्रै हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दीर लगायतका सम्पादाहरुको संग्रह र व्यवस्थित गर्नु पर्ने औल्याए  । उपत्याका भित्रका सम्पदाहरुको संरक्षणका लागि एउटा सक्रिटको रुपमा अघि बढाउनेमा विश्वासमा समेत दिलाए ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…