२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

बाबा फ़ाउण्डेशन नेपालले मनायो विश्व वातावरण

पोखरा । बाबा फ़ाउण्डेशन नेपालले विश्व वातावरण दिवस मनाइएको छ। फ़ाउण्डेशनले जिल्ला ट्राफिक कार्यालय कास्कीको हाता भित्र विरुवा रोपण, गत बर्ष रोपण गरिएका विरुवाको गोडमेल र सरसफाई कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईएको फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले संयुक्त राष्ट्रसंघको आह्वानम हरेक वर्ष जुन ५ मा विश्वभर मनाउँदै आइएको यो दिवस यस बर्ष प्लाष्टिक प्रदूषणको विषयमा केन्द्रित रहेको जानकारी दिदैं फ़ाउण्डेशनको स्थापनाको उद्देश्य मध्य प्लास्टिकजन्य प्रदूषण निर्मूल पारी वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको बताए ।

उनले वातावरण संरक्षणको लागि बोट विरुवा रोपण देख़ि फोहोरमैलाको वर्गीकरण गरी कुहिने, नकुहिने र सिसा जन्य पदार्थको तत्कालको ब्यावस्थापनका लागि हरियो, पहेलो र रातो रंगको डस्विन प्रयोगमा ल्याईएको समेत जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख तिलक बहादुर रानाभाटले प्लाष्टिकजन्य फोहोरको कारण मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर परिरहेको बताउदै बाबा फ़ाउण्डेशनले वातावरण संरक्षणमा पुर्र्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…