
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ को वार्षिक बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलवार गाउँसभामा आगामी वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी छन् । गाउँपालिकाले आगामी वर्षका लागि रू ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको हो ।
जस अन्तर्गत चालु खर्चका लागि रू ४३ करोड ३२ लाख ६२ हजार ७ सय ७५ र पूँजीगत तर्फ रू २१ करोड ८२ लाख ७२ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताइन् ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रू ११ करोड ५७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रू ११ करोड ८२ लाख, ९८ हजार ७ सय ७५ नेपाल सरकार ससर्त अनुदान तर्फ रू २९ करोड ८१ लाख अनुमान गरिएको छ ।
यसैगरी नेपाल सरकार समपुरक अनुदान तर्फ रू ३ करोड,नेपाल सरकार विशेष अनुदान रकम रू २ करोड ५५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड रू १ करोड़ ४ लाख ६२ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदान तर्फ रु ६० लाख रहेको छ ।
बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु १ करोड़ ३२ लाख ७४ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू ३ करोड व्यहोरिने अनुमान गरिएको छ ।
समुन्नत र समृद्ध अन्नपूर्ण निर्माणका लागि कृषि पर्यटन उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार भन्ने दिर्घक़ालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको हो ।
बजेटको पूर्ण पाठ
आर्थिक वर्ष २०८२/०८३ को बार्षिक आय व्ययको विवरण
श्रद्धेय अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार तथा सुरक्षाकर्मीहरु सबैमा यस अन्नपूर्णगाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को वजेटप्रस्तुत गर्न आयोजित यस सम्मानित सभामा हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु ।
सर्वप्रथम नेपालको युगान्तकारी परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको निम्ति विभिन्न चरणका ऐतिहासिक जन-आन्दोलनहरूमा, राष्ट्र र जनताको लागि आफ्नो जीवन समर्पण गर्नुहुने ज्ञात अज्ञात वीर सहिदहरु प्रति सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई चौथो पटक आगामी आ.व. २०८२/०८३ को लागि वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गर्वमहसुस भएको छ । बिगतका बर्षहरुका अनुभब र सिकाईलाई प्रयोग गर्दै यस बर्ष बिगतका कमी कमजोरी सच्याउँदै परिष्कृत रुपमा वजेट ल्याउने जमर्को गरेका छौं ।
अन्नपूर्ण गाउँपालिकाको समग्र विकासको खाका तयार गर्नका लागि नीति कार्यक्रम तथा वजेट तर्जुमाका विभिन्न चरणहरुमा सहयोग पुर्याउनुहुने हाम्रो गाउँपालिकाका श्रद्धेय अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु तथा गाउँपालिका बासी दाजुभाइ, दिदी बहिनीहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
गाउँपालिकाको आ.व. २०८१/०८२ लगायत गत विगत वर्षका वजेट तथा कार्यक्रम सफल कार्यान्वयनका लागि अहम भुमिका खेल्नु हुने जन प्रतिनिधीज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु र सम्वन्धीत सवै पक्षमा हार्दिक आभार व्यक्त गर्दछु ।
नेपालको संविधान २०७२ मार्फत संघीयता संस्थागत गरी कार्यान्वयनको चरणमा छौं । विगतका वर्षहरुमा निर्माण भएका वजेट कार्यान्वयनको चरणमा जाँदा देखिएका कमी कमजोरी र समस्याहरुबाट अनुभव हाँसिल गर्दै, जनताको माग, चाहना र आवश्यकता कार्यान्वयनको तत्परतालाई ध्यानमा राखि, देशले वि.स. २०८९ साल सम्ममा अति कम विकसित देशवाट विकसित देशमा स्तरोन्नती गर्ने र वि.स. २०८७ साल सम्म दीगो विकासका लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नती गर्नका लागि लिईएको समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय लक्ष्य पुरा गर्दै हामिले समृद्ध अन्नपूर्ण गाउँपालिका बनाउने संकल्प गरेका छौँ ।
अधिकारमा आधारित विकासको अवधारणा अनुसार स्थानीय बासीहरुलाई विकासमा मूल प्रबाहिकरण गर्ने र गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने अवस्था सुनिश्चित गर्नका लागि जनताको सबैभन्दा नजिकको सरकारको रुपमा प्रत्यक्ष सरोकारका उल्लेखित विषयहरुलाई सम्बोधन गर्नका लागि गाउँपालिकाबाट घोषित लक्ष्य र उद्देश्यका साथ जनताबाट प्राप्त भएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्नका लागि यस पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधारःअन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालिन लक्ष्य तय गरी नेपालको संविधान २०७२ को अनुसुची ८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकार सूची, संघीय र प्रदेश सरकारले प्रदान गरेको वजेट सिलिङ, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन२०७८, अन्नपूर्ण गाउँपालिकाको आवधिक द्धित्तियपञ्चवर्षीय योजना २०८१/०८२-२०८५/०८६,मध्यकालीन खर्च संरचना, गण्डकी प्रदेश सरकारको ऐन, नियम, नीति तथा कार्यक्रम, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शनहरु, दिगो विकासका लक्ष्यहरु, क्षेत्रगत राष्ट्रिय नीतिहरु तथा यस गाउँपालिकाबाट पारित नीति तथा कार्यक्रमहरु, पालिकाका सङ्कल्प तथा नीतिगत परिकल्पना, विद्धत समुदाय र जनस्तरबाट प्राप्त राय- सुझाव, स्थानीय स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति,राजश्व परामर्श समिति, वजेट तथा कार्यक्रम तर्जुमा समिति र विभिन्न माध्यमहरुबाट गरिएको प्रतिवद्धता एवम् घोषणा तथा गाउँ कार्यपालिकाका निर्णयहरुबमोजिम सहभागितामुलक योजना तर्जुमा प्रकृयाका चरणहरु अवलम्वन गरी आगामी आ.व. २०८२/०८३ का लागि यो वजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
यस गाउँपालिकाको आगामी आ.ब. को लागि कायम हुने वजेट सीमा भित्र रही कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न आर्थिक विधेयक, २०८२ सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०८२,बार्षिक विकास कार्यक्रम २०८२ पेश गरेको छु ।
चालु आ.ब. मा संघीय सरकारबाट समानीकरण अनुदानमा गरिएको कटौतीका कारण सम्पन्न भएका कतिपय बिकास योजनाहरुको भुक्तानीमा चुनौती थपिएको छ भने आगामी आर्थिक बर्षका लागि प्राप्त हुने अनुदान संघीय सरकारबाट घटेको छ । यस कारण हामीले पालिकाको आन्तरिक आम्दानी बढाउँदै स्थानीय श्रोतको पहिचान र परिचालन गर्दै जन आकांक्षाहरुको सम्बोधन गर्न प्रयत्न गर्नुपर्ने अवस्था छ । संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमै रहेकोले अन्तर सरकारको समन्वयलाई मजबुत र प्रभावकारी बनाउदै गाउँपालिकालाई प्राप्त सिमित स्रोत साधन समूचित उपयोग गरी सबै क्षेत्रहरुलाई समेटि समयमै कार्यान्वयन गर्न सक्ने गरी वजेट बाँडफाड गरिएको छ ।
वजेटका उदेश्यहरु
आगामी आर्थिक वर्ष २०८२/०८३ को वजेटको मुख्यउद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।
वजेटका प्राथमिकताहरू
सम्मुनत र समृद्ध अन्नपूर्ण निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले अनुशरण गरेको “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” भन्ने दिर्घकालीन दृष्णिकोणलाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८२/०८३ को वजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
श्रद्धेय सभाध्यक्ष महोदय,
म आगामी आ.व.को बजेट प्रस्तुत गर्नु भन्दा अगाडि गत आ.व. २०८०/०८१ को यथार्थ आय व्यय विवरण र चालु आ.व. २०८१/ ०८२ को संशोधित आय/व्यय विवरण संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
|
प्रगती विवरण |
|
||||||
|
क्र.स. |
विवरण |
आ.व. २०८०/०८१को यथार्थ खर्च |
प्रगती प्रतिशत |
आ.व. २०८१/८२ कोसंशोधित अनुमान |
हालसम्मको प्रगती प्रतिशत |
||
|
१ |
चालु खर्च |
३७,९७,६६,५२८.५६ |
८९.२ |
४२,६३,१२,५००.०० |
७६.४२ |
||
|
२ |
पुँजिगत खर्च |
१९,३६,०९,९८३.०० |
|
१७,८९,६२,८८६.६७ |
६१.९७ |
||
|
जम्मा |
५७,३३,७६,५११.५६ |
८७.५९ |
६०,५२,७५,३८६.६७ |
७२.१५ |
|||
अब म यस अन्नपूर्ण गाउँपालिकालाई आगामी आ.व. २०८२/०८३ को लागि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको कुल वजेट रकम रु. ६५,१५,३४,७७५।- को शिर्षकगत आय विवरण देहाय बमोजिम प्रस्तुत गरेको छु । गत विगत आर्थिक वर्षको यथार्थ वित्तिय प्रगतीको समिक्षाका आधारमा आगामी आर्थिक वर्ष २०८२/०८३ मा वित्तिय प्रगती ९० प्रतिशत पुग्ने लक्ष्य लिएको छु ।
आ व २०८२।०८३ को आय व्यय अनुमान
|
आ व २०८२।८३ को आय व्यय अनुमान |
|||||
|
s|=;= |
cfo ljj/0f |
/sd ? |
s|=;= |
Joo ljj/0f |
/sd ? |
|
१ |
संघियसमानिकरण |
११५७००००० |
१ |
संघिय सशर्त अनुदान |
२९८१००००० |
|
२ |
संघिय राजस्व बाँडफाँड |
११८२९८७७५ |
२ |
सघिय समपुरक अनुदान |
३००००००० |
|
३ |
सघिय समपुरक अनुदान |
३००००००० |
३ |
कार्यालय संचालन तथा प्रशासनिक खर्च |
९३०००००० |
|
४ |
संघिय विशेष अनुदान |
२५५००००० |
४ |
विषयगत खर्च |
१९४७३४७७५ |
|
५ |
संघिय सशर्त अनुदान |
२९८१००००० |
५ |
संघिय विशेष अनुदान |
२५५००००० |
|
८ |
प्रदेश समानिकरण |
१३२७४००० |
८ |
प्रदेश शशर्त अनुदान |
२००००० |
|
६ |
प्रदेश राजश्व बाडँफाडँ |
१०४६२००० |
६ |
प्रदेश समपूरक अनुदान |
६०००००० |
|
७ |
प्रदेश शशर्त अनुदान |
२००००० |
७ |
प्रदेश विशेष अनुदान |
४०००००० |
|
८ |
प्रदेश समपूरक अनुदान |
६०००००० |
८ |
|
|
|
९ |
प्रदेश विशेष अनुदान |
४०००००० |
९ |
|
|
|
१० |
आन्तरिक आय |
३००००००० |
१० |
|
|
|
११ |
गत बर्षको अल्या |
|
|
|
|
|
|
|
६५१५३४७७५ |
|
|
६५१५३४७७५ |
श्रद्धेय सभाध्यक्ष महोदय,
माथि उल्लेखित प्रस्तावित आयको विवरण अनुसारको आगामी आ.ब २०८२/०८३ को व्ययको लागि विषयगत समिति अन्तर्गत क्षेत्रगत बाँडफाँड देहाय बमोजिम हुनेगरी प्रस्ताव गरेको छु ।
आर्थिक ऐन, २०८२
विनियोजन विधेयक¸ २०८२
अन्नपूर्ण गाउपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरुको लागि स्थानिय संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावना : अन्नपूर्ण गाउपालिकाको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरुको लागि संचितकोष केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वान्छनिय भएकोले नेपालको संविधानको धारा २२९ को उपधारा २ बमोजिम अन्नपूर्ण गाउँसभाले यो ऐनको विधेयक पेश गरेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ (१) यस ऐनको नाम ” अन्नपूर्ण गाउपालिकाको विनियोजन ऐन¸२०८२” रहेको छ ।
(२) यो ऐन २०८२ श्रावण १ देखि प्रारम्भ हुनेछ।
२. आर्थिक वर्ष २०८२।०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार (१) आर्थिक वर्ष २०८२।०८३ को निमित्त गाउँकार्यपालिका वडा समिति¸ विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखीत चालु खर्च ¸पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ६५¸१५¸३४,७७५। (पैसठ्ठी करोड पन्ध्र लाख चौतिस हजार सात सय पचहत्तर मात्र । ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिने छ ।
३. विनियोजन (१) यस ऐन द्वारा संचितकोषबाट खर्च गर्ने अधिकार दिएको रकम आर्थिक वर्ष २०८२।०८३ निमित्त अन्नपूर्ण गाउपालिकाको गाउकार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिऐको भयता पनि कार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आऐमा गाउ कार्यपालिकाको बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिने छ । पूँजिगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिऐको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्विकृत रकमको १५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्विकृति लिनुपर्नेछ ।
अनुसुचि १
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम संचितकोषबाट विनियोजन हुने रकम
|
क्र स |
अनुदान संख्या |
शीर्षकको नाम |
चालु खर्च |
पूजिगत खर्च |
वित्तिय व्यवस्था |
जम्मा |
|
१ |
२ |
३ |
४ |
५ |
६ |
७ |
|
१ |
|
गाउँकार्यपालिका |
८८०००००० |
५०००००० |
|
९३०००००० |
|
२ |
|
वडा समिति |
० |
२३८००००० |
|
२३८००००० |
|
३ |
|
विषयगत शाखा |
|
|
|
|
|
|
|
वातावरण तथा विपद व्यवस्थापनकोष |
२००००० |
६५००००० |
|
६७००००० |
|
|
|
सुशासन तथा संस्थागत विकास |
६५००००० |
४०००००० |
|
१०५००००० |
|
|
|
आर्थिक विकास समिति |
१८०००००० |
३०१००००० |
|
४८१००००० |
|
|
|
सामाजिक विकास समिति |
३२०५६२७७५ |
४५००००० |
|
३२५०६२७७५ |
|
|
|
पूर्वाधार विकास समिति |
|
१४४३७२००० |
|
१४४३७२००० |
|
४ |
|
ऋणको सावा व्याज भुक्तानी |
|
|
|
|
|
५ |
|
लगानी (शेयर/ऋण) |
|
|
|
|
|
|
|
कुल जम्मा |
४३३२६२७७५ |
२१८२७२००० |
० |
६५१५३४७७५ |
सुशासन तथा संस्थागत विकास
( मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तिय व्यवस्थापन संस्थागत, वित्तिय जोखिम न्युनिकरण सार्वजनिक सुनुवाइसामाजिक परिक्षण आन्तरिक लेखा परिक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली अन्तिम लेखा परिक्षण तथा बेरुजु फर्छयौट सेवा प्रवाह मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतिय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय)
|
१ |
सामाजिक परीक्षण |
१००००० |
|
२ |
सार्वजनिक सुनुवाई चौमासिक |
३००००० |
|
३ |
अवकाश कोष |
५०००००० |
|
४ |
गाउँपालिका विशेष कार्यक्रम एवम् दिवस |
३००००० |
|
५ |
डिजिटल नागरिक वडापत्र |
१०००००० |
|
६ |
वडाहरुमा सिसि क्यामेरा जडान |
४००००० |
|
७ |
मेलमिलापकर्ताको अभिमुखीकरण तथा केन्द्र व्यवस्थापन |
४००००० |
|
८ |
पदाधिकारी तथा कर्मचारी क्षमता विकास |
१००००० |
|
९ |
पर्यटन सुचना केन्द्र संचालन तथा लागत साझेदारी कार्यक्रम समेत |
४००००० |
|
१० |
सूचना प्रविधि अध्यावधिक |
२००००० |
|
११ |
उपभोक्ता समिति तथा टोल विकास समितिको तालिम तथा अभिमुखीकरण |
२००००० |
|
१२ |
न्यायिक समिति तथा न्यायिक निरुपण कार्यक्रम |
७००००० |
|
१३ |
सुचनामुलक होर्डिङ्ग बोर्ड |
२००००० |
|
|
जम्मा |
९३००००० |
पूर्वाधार विकास
(सडक तथा पुल सिंचाई भवन तथा सहरी विकास उर्जा लघु तथा साना जलविधुत संचार)
|
१ |
स्थानीय सडक मर्मत संभार कोष |
गापा |
३०००००० |
|
२ |
स्थानीय झोलुङ्गे पुल साझेदारी कार्यक्रम |
गापा |
५०००००० |
|
३ |
गाउँपालिका केन्द्र पूर्वाधार निर्माण |
गापा |
६०००००० |
|
४ |
अन्नपूर्ण रिङ्गरोड विस्तार एवम् स्तरोन्नति (पुरानोगाउँ खण्ड) |
गापा |
२५००००० |
|
५ |
गत आ.व.को दायित्व बाँकी |
गापा |
१७०००००० |
|
६ |
पदमार्ग\सिढिबाटो निर्माण |
गापा |
२८७२००० |
|
७ |
लागत साझेदारीमा वडा गत सिचाई योजना |
गापा |
१५००००० |
|
८ |
अधुरो आयोजना |
गा पा |
२५००००० |
|
९ |
शहिद पार्क निर्माण |
गा पा |
३००००० |
|
१० |
पालिकास्तरिय वडागत योजनाहरु |
वडा १-११ |
१६५००००० |
|
११ |
वडागत योजनाहरु (वडा समिति तथा कार्यपालिका समेत) |
वडा १-११ |
२३८००००० |
|
|
|
|
८०९७२००० |
वातावरण तथा विपद व्यवस्थापन
(वन तथा भुसंरक्षण जलाधर संरक्षण वातावरण संरक्षण जलवायु परिवर्तन फोहोरमैला व्यवस्थापन जल उत्पन्न प्रकोप नियन्त्रण विपद व्यवस्थापन वारुण यन्त्र संचालन sanitary land fill sites)
|
१ |
संयुक्त सहयोग कार्यक्रम (पाइप खरिद) |
४०००००० |
|
२ |
तार जाली तथा ग्याबिन खरिद |
|
|
३ |
भूक्षय तथा पहिरो नियन्त्रण |
|
|
४ |
ल्यान्डफिल साईट सम्भाव्यता अध्ययन |
|
|
५ |
विपद व्यवस्थापन कोष |
|
|
६ |
फोहोरमैला व्यवस्थापन |
५००००० |
|
७ |
विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (यन्त्रिक पुल गापा भवन डिपिआर लगायत) |
२०००००० |
|
८ |
विपद पूर्व तयारी कार्यक्रम लगायत |
२००००० |
|
|
जम्मा |
६७००००० |
आर्थिक विकास
(कृषि उद्योग तथा वाणिज्य पर्यटन सहकारी वित्तिय क्षेत्र)
|
१ |
उद्योग वाणिज्य तथा वित्तिय संस्था |
गा पा |
१००००० |
|
२ |
सहकारी विकास शाखा |
गा पा |
३००००० |
|
३ |
पशु सेवा शाखा |
गा पा |
२५००००० |
|
४ |
कृषि शाखा |
गा पा |
३०००००० |
|
५ |
एक घर एक करेसाबारी कार्यक्रम |
गा पा |
१००००० |
|
६ |
दुग्ध, चल्ला तथा पशुपालन अनुदान |
गापा |
१८००००० |
|
५ |
कोसेली घर स्थापना तथा सञ्चालन |
गा पा |
५००००० |
|
७ |
पशु बीमा |
गापा |
१००००० |
|
८ |
हरितालिका तिज विशेष मेला कार्यक्रम, ढिकुरपोखरी |
वडा नं १-३ |
२००००० |
|
९ |
कोदो महोत्सव, भदौरे |
वडा नं ४ |
२००००० |
|
१० |
शितलगुफा धार्मिक महोत्सव |
वडा न ५ |
२००००० |
|
११ |
प्रविण गुरुङ्ग गायन प्रतियोगिता, लुम्ले |
वडा नं ६ |
२००००० |
|
१२ |
फागु महोत्सव, विरेठाँटी |
वडा नं ८ |
२००००० |
|
१३ |
हनि हन्टिङग महोत्सव |
वडा नं ७-११ |
२००००० |
|
१४ |
अन्नपूर्ण म्याराथुन, घान्द्रुक |
वडा नं १०-११ |
२००००० |
|
१५ |
घान्द्रुक पर्यटन महोत्सव |
वडा नं १०-११ |
२००००० |
|
१६ |
सेन्चुरी ल्होसार महोत्सव |
वडा न ११ |
२००००० |
|
१७ |
अन्नपूर्ण हाटबजार तथा व्यापार मेला |
गा पा |
३००००० |
|
१८ |
अन्य पर्व मेला महोत्सव |
गा पा |
१००००० |
|
१९ |
होमस्टे प्रवर्द्धन कार्यक्रम |
गा पा |
३००००० |
|
२० |
साईकल ट्रयाक स्तरोन्नती |
गा पा |
३००००० |
|
|
जम्मा |
|
११२००००० |
सामाजिक विकास
(शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रवद्धन लैगिक समानता तथा समाजिक समावेशीकरण)
|
१ |
शिक्षा विकास कार्यक्रम |
गापा |
२५००००० |
|
२ |
स्वास्थ्य सेवा कार्यक्रम (शिविर संचालन समेत) |
गापा |
२२००००० |
|
३ |
दरबन्दी नभएका ईसिडी शिक्षक लगायतको तलब अनुदान |
गापा |
१०००००० |
|
४ |
सरकारी विद्यालयका विद्यार्थिलाई छात्रवास संचालन अनुदान |
गापा |
५००००० |
|
५ |
स्वास्थ्य बिमा कार्यक्रम |
गापा |
६५००००० |
|
६ |
सट्टा शिक्षक |
गापा |
१००००० |
|
७ |
निजि शिक्षक पोशाक भत्ता |
गापा |
३००००० |
|
८ |
प्र अ प्रोतसाहन भत्ता |
गापा |
३१२००० |
|
९ |
खेलकुद सदस्य सचिव तलब भत्ता |
गापा |
४३०००० |
|
१० |
अन्नपुर्ण आधारभुत अस्पतालमा विशेषज्ञ सेवा |
गापा |
१२००००० |
|
११ |
घान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना तथा संचालन |
गापा |
४००००० |
|
१२ |
जेष्ठ नागरिक धार्मिक स्थल भ्रमण |
गापा |
३००००० |
|
१३ |
स्वंयसेविका यातयात भत्ता थप |
गापा |
५३४००० |
|
१४ |
शिक्षक, ईसिडी शिक्षक तथा विद्यालय कर्मचारी तलब थप |
गापा |
१४५०२७७५ |
|
१५ |
उपाध्यक्षसँग महिला कार्यक्रम तथा बालबालिका लक्षित कार्यक्रम |
गापा |
२०००००० |
|
१६ |
दलित क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम |
गापा |
५५०००० |
|
१७ |
आदिवासी जनजाती क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम |
गापा |
५५०००० |
|
१८ |
युवा तथा खेलकुद कार्यक्रम |
गापा |
५००००० |
|
१९ |
जेष्ठ नागरिक तथा अपाङ्ग लक्षित कार्यक्रम |
गापा |
२००००० |
|
२० |
एकल महिला क्षमता विकास तथा सामाजिक सुरक्षा कोष |
गापा |
२००००० |
|
२१ |
सामाजिक कुरिति उन्मूलन एवम् लैंगिक उत्तरदायी बजेट परिक्षण |
गापा |
१००००० |
|
२२ |
अति विपन्न तथा असाहय अनाथ हिंसामा परेको सहयोग कोष |
गापा |
१००००० |
|
२३ |
अन्नपूर्ण गाउँपालिका विभिन्न खानेपानी योजना |
गापा |
३०००००० |
|
२४ |
आयुर्वेद कार्यक्रम |
गापा |
५००००० |
|
२५ |
प्राविधिक तथा उच्च शिक्षा छात्रवृत्ति (विपन्न) |
गापा |
२००००० |
|
२६ |
परम्परागत धार्मिक संस्कृति संरक्षण (कोट मौला मन्दिर पुजा समेत) |
गा पा |
३५०००० |
|
२७ |
मठमन्दिर कुवा चौतारी पोखरी पौवा धारा संरक्षण कार्यक्रम |
गापा |
५००००० |
|
२८ |
गुरुङ्ग भाषा तथा होटल म्यानेजमेन्ट शिक्षक तलब |
गापा |
१०३४००० |
|
२९ |
आरोग्य केन्द्र |
वडा नं १ |
२००००० |
|
३० |
लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग कक्षा संचालन साझेदारी |
गापा |
५०००० |
|
३१ |
TVET साझेदारी कार्यक्रम |
गापा |
५०००० |
|
३२ |
उल्लेरी स्वास्थ्य संस्था |
वडा नं ९ |
१००००० |
|
३३ |
स्वास्थ्य संस्थालाई कर्मचारी व्यवस्थापन |
गापा |
१२००००० |
|
३४ |
लुम्ले कविता गाउँ |
गापा |
२००००० |
|
३५ |
कला साहित्य संस्कार तथा सस्कृती प्रवर्द्धन (गाउँपालिका प्रज्ञा प्रतिष्ठान समेत) |
गापा |
५००००० |
|
|
जम्मा |
|
४२८६२७७५ |
समपुरक कोष
|
१ |
लुम्ले तान्चोक भिच्चुक लान्द्रुक ग्रामिण सडक स्तरोन्नति (संघ) |
वडा नं ७ |
२००००००० |
|
२ |
विरेठाटी मोहरिया फुलिवाङ्ग चाने सडक (संघ) |
वडा न ८ |
१००००००० |
|
३ |
काँडे-भदौरे-सल्यान-पुरानागाँउ ग्रामिण सडक स्तरोन्नति योजना अन्नपूर्ण ४,५ (प्रदेश) |
वडा नं ४,५ |
६०००००० |
|
४ |
जिल्ला समन्वय समिति साझेदारी कार्यक्रम |
वडा न |
७७००००० |
|
|
जम्मा |
|
४३७००००० |











