२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

मादी गाउँपालिकाको बजेट ६० करोड ५० लाख

मादी,कास्की । कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२\८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन् । यसपालिको बजेटमा केही नविन र सामाजिक सन्देश दिने स्थायी कार्यक्रमहरू समेटिएको पालिकाले  उल्लेख गरेको छ । मादी गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने र जो कसैले तेस्रो सन्तान जन्माउछन सो शिशुको नाममा गाउँपालिकाले ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । शिशु बालिग भएपछि मात्र उक्त रकम झिक्न सकिने गरी योजना बनाइएको उपाध्यक्ष गुरुङले जनाइन् ।

यसैगरी, दलित समुदायकी युवती जो २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरेको खण्डमा गाउँपालिकाले उनलाई १५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने भएको छ । बालविवाह न्यूनीकरण र कानुनी उमेरमा विवाहलाई प्रोत्साहन गर्न सो कार्यक्रम ल्याएको पालिका अध्यक्ष देविजंग गुरुङले बताए ।गाउँपालिकामा घट्दो जन्मदर र बढ्दो बसाइँसराइको सन्दर्भमा जनसंख्या वृद्धिदरलाई सन्तुलित बनाउन यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भूजेलका अनुसार, यो सुविधा पाउनका लागि स्थायी मादीबासी हुनु पर्ने, अन्यत्र दीर्घकालीन बसाइँसराइ नगरेको हुनु पर्ने, र वडा अध्यक्ष तथा वडा सचिवको सिफारिस अनिवार्य रहनेछ।

यता, बजेट एक सातासम्म स्थगित हुनुमा आन्तरिक राजनीतिक मतभेदको भूमिका रहेको हो। अध्यक्ष देविजंग गुरुङले असार ९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा नियमसम्बन्धी आपत्ति आइ बैठक असार १० गतेसम्म स्थगित भएको थियो। एमालेका केही सदस्यहरूले कार्यपालिकाको प्रक्रिया र सदनमा देखिएको पार्टीगत व्यवहारप्रति असहमति जनाएका थिए। अन्ततः सबै पक्षबीच सहमति जुटेपछि मंगलबार गाउँसभा सम्पन्न भएको हो।

गाउँपालिकाले कृषिलाई आधार मानेर पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा समेत प्राथमिकता दिएको जनाएको छ। मादी गाउँपालिकाका स्थायी बासिन्दालाई प्रोत्साहन गर्न उक्त कार्यक्रम कोषेढुंगा सावित हुने मादी गाउँपालिका वडा नम्बर १  का अध्यक्ष देवी जंग  गुरुङले विश्वास व्यक्त गरे । उक्त बजेटले ल्याएका कार्यक्रमले कृषि सहित गाउँ पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उनले जनाए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…