२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमको इन्धन डिपो निर्माण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमको इन्धन डिपो निर्माण गरिएको छ । निगमले आफ्नो ५५ वर्षे इतिहासमा पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो परियोजना सम्पन्न गरेको  हो ।

निगमले बिहीबार विमानस्थलस्थित हवाई डिपो परिसरमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो  । डिपोमा १२ सय किलोलिटर क्षमताका तीन वटा गरी कुल तीन हजार ६ सय किलोलिटर भण्डारण क्षमताका ट्याङ्क निर्माण गरिएको परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए ।

ट्याङ्क निर्माणको लागि परामर्शदाता र डीपीआरको काम पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई दिइएको  थियो । कार्यक्रममा इन्सिच्युट अफ इञ्जिनियरिङका सहायक डिन सुरज लामिछानेले विदेशी परियोजनाका आयोजनालाई मात्रै उत्कृष्ट मान्ने प्रवृत्तिबिच नेपालीको सबै विज्ञतामा बन्नु ऐतिहासिक भएको बताएका छन् । ईपीसी मोडलमा रहेको उक्त परियोजनाको लागत मूल्य अभिवृद्धि करबाहेक ७५ करोड रुपैयाँ रहेको छ । यसले पोखरामा बढ्दो आन्तरिक तथा बाह्य हवाई उडानको चापलाई ध्यानमा राख्दै इन्धनको सहज आपूर्तिका लागि ठुलो मद्दत निगमले जनाएको छ । निर्माण सम्पन्न भए पनि यसको उद्घाटन भने साउनमा मात्रै हुनेछ ।

अहिले निगमले पोखराको विमानस्थलको डिपोबाट इन्धन ल्याएर भर्दै गरेको थियो । यो सञ्चालनमा आएपछि अहिलेको माग अनुसार पोखरा विमानस्थलको चार महिनाको माग धान्ने अवस्था रहेको विमानस्थलले जनाएको छ ।

यद्यपि पछि विमानस्थलमा बढ्ने मागलाई समेत विचार गरेर सो क्षमताको विमानस्थल निर्माण गरिएको परियोजना प्रमुख यादवको भनाइ छ । डिपोमा १२ मिटर उचाइ र १२ मिटर व्यास भएका यी भर्टिकल स्टोरेज ट्यांकहरू अमेरिकी पेट्रोलियम इन्स्टिच्युड (एपीआई) को मापदण्डअनुसार निर्माण गरिएका छन् ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै डिपोमा अत्याधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको छ। आगलागी जस्ता घटना नियन्त्रणका लागि १२ सय किलोलिटर क्षमताको छुट्टै पानी ट्यांकी, ४ हजार लिटर क्षमताको ’फोम स्टोरेज’ ट्याङ्क, १३० घनमिटर क्षमताका दुई वटा डिजेल पम्प र ९५ हर्स पावरको एउटा जक्की पम्प जडान गरिएको निगमले जनाएको छ ।

लागत समायोजन र भेरिएसन अर्डरपश्चात् यस परियोजनाको संशोधित लागत अनुमान ७९ करोड रुपैयाँ (भ्याट बाहेक) रहेको छ । २०७७ चैतमा बोलपत्र आह्वान गरिएकोमा विभिन्न प्रक्रिया पूरा गर्दै २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा निर्माण कार्यको शिलान्यास गरिएको थियो ।

यो डिपो सञ्चालनमा आएसँगै पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक इन्धन सहज र निरन्तर रूपमा उपलब्ध हुने विश्वास लिइएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…