२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न

लेखनाथ, कास्की । त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले विविएस चौथो बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

विद्याई कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अध्ययन प्रमाणपत्रका लागि मात्र नभएर जीवन उपयोगी हुनु पर्नेमा जोड दिएका छन् । अध्यक्ष थापाले १२ कक्षाको अध्ययन सकिए लगतै विद्यार्थीहरुको पहिलो रोजाई विदेशमा हुने गरेको भन्दै विश्वविद्यालयहरु रित्तिने अवस्था आएको उल्लेख गरेका थिए ।

वडा कार्यालयमा दैनिक चार देखी पाँचजना विदेश अध्ययनको कागजात बनाउन आउने कुरा दोहोर्याउँदै अध्यक्ष थापाले शिक्षा नीतिमा कमजोरी हो की नेपालमा संभावना छैन भन्ने विद्यार्थीलाई लागेको हो भन्ने प्रश्न समेत गरेका थिए ।
लेखनाथमै नीजि क्षेत्रले संचालन गरेको कलेजले सर्वसुलभ तरिकाले शिक्षा दिएको उल्लेख गर्दै अध्यक्ष थापाले गुणस्तरमा ध्यान दिन आग्रह गरे । अध्यक्ष थापाले स्थानीय सरकारको रुपमा रहेको वडाले आगामी आर्थिक बर्षमा शिक्षा र शिपको समन्वय हुने गरी कार्यक्रम समेटिएको उल्लेख गरे ।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराज पौडेल प्राध्यापक जीवन भण्डारी, विद्यार्थी सर्वेन्द्र न्यौपाने लगायतले बोलेक थिए ।

कार्यक्रममा कलेजले विभिन्न बर्षमा उत्कृष्ट अंक ल्याउने र स्पोर्ट मिटमा विभिन्न विधामा विजयी विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम र विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कलेजमा व्यवस्थापन बिषयमा स्नातक र स्नाकोत्तरमा गरी झण्डै छ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विविएस चौथो बर्षको अध्ययन सकाएका विद्यार्थीलाई त्यस अवसरमा विदाई गरिएको थियो ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…