२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

पोखरामा आमा समूह तथा छात्र र छात्रा दौड सम्पन्न

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ ।

रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ ।

चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए ।

३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए ।

पोखरा रंगशालामा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन् । उनले महिलाहरूको मैदानमै सक्रियता समाज रुपान्तरणको आधार बन्ने बताइन् ।

आमा सुमह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो, रिया गुरूङ तेस्रो, सूर्यकला थापा चौथो, राधिका थापा पाँचौ स्थान बनाउन सफल हुँदा । त्यस्तै छैटौ देखि १० औं स्थान सम्म क्रमश झगदेबी बुढा, मधु देवकोटा, सिता तामाङ, सरिता जिशी र विमला केसी बने ।

त्यस्तै छात्र ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७।३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७।४१ मिनेटको समय लिंदै दोस्रो तथा माछापुच्छ्रे माविका राजिव बास्तोलाले १८।३३ मिनेटको समय खर्चिदै तेस्रो स्थान प्राप्त गरे ।

दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेजका दिपेन्द्र नेपालीले पाचौ स्थान प्राप्त गरे ।

त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भइन । मेघराज माविकी उनले आफ्नो दौड २१।०२ मिनेटमा पुरा गरिन् भने दोस्रो भएकी गौरीशंकर मावीकी कविता मगरले २१।३८ सेकेण्डमा दौड पुरा गरेकी थिइन् ।

त्यस्तै महेन्द्र माविकी सोनिया नेपालीले २१।५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गरिन् । दौडमा सरस्वती टिका स्कुलकी शाकिरा परियार चौथो र कोपिला चिल्ड्रेनकी आशा केसी पाँचौ स्थान प्राप्त गर्न सफल रहे ।

बिजेता सबैलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…