२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आइ नेपालको क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न

काठमाडौं ।  लायन्स अन्तर्राष्ट्रीय  डिष्ट्रिक्ट ३२५ आइ नेपालको क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न भएको छ ।
शनिवार प्रज्ञा भवन कमलादीमा सम्पन्न समारोहमा लायन्स अन्तर्राष्ट्रीयका निवर्तमान अन्तर्राष्ट्रीय  डाईरेक्टर एवम् पदस्थापन अधिकृत बालकृष्ण बुर्लाकोटीले लायन बर्ष २०२५\२६ का क्याबिनेट अफिसरहरुलाई पदस्थापन गराएका थिए ।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षता, निवर्तमान अन्तर्राष्ट्रीय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको समारोहमा प्रतिनिधि सभाका सभामुख ईन्दिरा राना कि–नोट स्पीकर रहेकी थिईन् । एलसिआईएफ एरिया लिडर एवं आईडि ईन्डोर्सी राजन लम्साल, गाट एरिया लिडर शम्भु घिमिरे, मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा, बिभिन्न डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर, डिष्ट्रिक्ट ३२५ आइ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरुको उपस्थििति रहेको थियो ।
उक्त अवसरमा डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर, भाईस डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर, क्याबिनेटका सम्पूर्ण पदाधिकारीहरुलाई पदस्थापन अधिकृत  बुर्लाकोटीले पदस्थापन गराएकोे क्याबिनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले जानकारी दिए ।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले कार्यकाल शुभारम्भ गरेको १ महिनाको अवधिमा डिष्ट्रिक्टले प्राप्त  गरेको उपलब्धी प्रस्तुत गरेकी थिईन् भने त्यसको हकदार रहेका डिष्ट्रिक्ट अन्तर्गतका  बिभिन्न क्लब अध्यक्ष, कोषाध्यक्ष, डिष्ट्रिक्टका सिनियर लायन्स लिडरलाई अन्तर्राष्ट्रीय अध्यक्षको पिन, गर्भनर मेडल मायाको चिनोद्धारा सम्मान गरेकी थिईन् ।
कार्यक्रममा एलसिआइएफ एरिया लिडर राजन लम्साल, मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापा, निवर्तमान डिष्टिक्ट गर्भनर विनोद ढुंगाना फस्ट भिडिजी सूर्य कुमार केसी, सेकेण्ड भिडिजी शैलेन्द्र मोहन भट्टराई, डिष्टिक्ट गर्भनर इन्दु लम्साललगायतले बोलेका थिए । .
लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्धका होस्ट क्लब रहेको सो समारोहको मूल आयोजक समितिको संयोजकमा लर्ड बुद्धका संस्थापक अध्यक्ष डिष्टिक्टका चिफ एड्भाईजर बिष्णु प्रसाद भण्डारी, क्लबका अध्यक्ष प्रकाश राज कँडेल, कोषाध्यक्ष क्षितिव पौडेललगाएतले क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न गर्नमा सहयोग पुर्याउने लायन् सदस्य एवं बिभिन्न संघ संस्थाकालाई सम्मान गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेका थिए । सो अवसरमा आयोजक क्लबले बिभिन्न डोर प्राईजको समेत ब्यवस्था गरेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…