२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

रिजन २४ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन २४ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । सोमवार रोजमेरी किचन लेकसाइड पोखरामा सम्पन्न पदस्थापन समारोहमा रिजन २४ अन्तर्गतका ६ वटा क्लबका अध्यक्षलगाएत क्लब सदस्यहरूको उपस्थिति रहेको थियो ।

जस अन्तर्गत लायन्स क्लब अफ पोखरा फरक अभियान, न्यू भिजन, पोखरा यूथ, पिस प्याराडाईज, इन्फ़रमेसन टेक्नोलोजी, सुपर भिजन रहेका थिए ।

पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले ६वटा क्लबहरूका नवनिर्वाचित पदाधिकारी पदस्थापन गराएकी छन् भने डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै लायन्स सदस्यताको सपथ गराएका थिए।

समारोहमा लायन वर्ष २०२४/२५ का लायन्स क्लब अफ पोखरा फरक अभियान आदर्श मोहन भट्टराई, न्यू भिजनका लक्ष्मण सुनार, पोखरा यूथ सुवर्ण राज पन्त, पीस प्याराडाईज बिष्णु प्रसाद तिमिल्सिना, इन्फ़रमेसन टेक्नोलोजी दिनेश महर्जन, सुपर भिजनका बिशाल खड़काथोकी आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२५/२६ का पदस्थापित अध्यक्षहरू क्रमशः बिजय खनाल, राजु सुनार, सुवर्ण राज पन्त, गोविन्द के सी, रावत तामाङ, लोकेन्द्र गहतराजले भावीकार्यक्रम प्रस्तुत गरेका थिए ।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै पदस्थापन समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर पाण्डेले क्लबले गरेका उत्कृष्ट कार्यले नै लायन्स अन्तर्राष्ट्रियमा नम्बर एक हुन सफल भएकाको बताउदै डिष्ट्रिक्टले हालसम्म प्राप्त गरेका उपलब्धि एकल प्रयासबाट नभई डिष्ट्रिक्टका तमाम लायन्सबाट सम्भव भएको बताएकी थिईन् ।

गभर्नर पाण्डेले डिष्ट्रिक्टले अगाडी सारेका मुख्य मुख्य कार्यक्रमसहित शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका कार्य लाग्न क्लब पदाधिकारीलाई आव्हान समेत गरेकी थिईन् ।

दुई चरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लब पोखरा पिस पाराडाईजका २४/२५ का अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना र पोखरा युथका २५/२६ का अध्यक्ष बिजय खनालको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रमको संचालन पिस पाराडाईजका गतबर्षका सचिव सुरेन्द्र बिश्वकर्मा र पोखरा युथका यस बर्षका सचिव नरेश पौडेलले गरेका थिए ।

समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, डिष्ट्रिक्ट चिफ़ सुरेश न्यौपाने, रिजन २४ का रिजन चेयरपर्सन हरिहर पराजुली लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…