२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

गण्डकी प्रदेश उपप्रमुख समन्वयको अध्यक्षमा सुवेदी

स्याङ्जा । गण्डकी प्रदेश भित्रका उपप्रमुखहरुको भेला तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुखहरुको भेलाले गण्डकी प्रदेश समन्वय उपप्रमुख तथा सदस्य समुह गठन गरी तदर्थ समिति निर्माण गरेको छ । प्रदेशस्तरीय उपप्रमुख समन्वय समितिको संयोजकमा स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी चयन भएका छन् । संयोजकमा चयन भएका सुवेदीकै पहलमा यो समिति गठन गरिएको थियो ।

उक्त भेलाले तदर्थ समितिको सचिवमा म्याग्दीका डिलकुमारी खत्रीलाई चयन गरिएको छ । अन्य सबै सदस्य रहनेगरी समिति गठन गरिएको संयोजक सुवेदीले जानकारी दिए । सदस्यहरुमा कास्कीका सरिता कुमाल, लमजुङका मुना रिमाल, गारखाका लिला परियार, मुस्ताङका आइतलाल थकाली, मनाङ्का सुरेन्द्र गुरुङ्, पर्वतका सोम जिसी, नवलपुरका शकुन्तला लम्साल, तनहुँका बासुददेव थापा, बागलुङ्का होम सापकोटा रहेका छन् ।

समितिमा प्रत्येक जिल्ला समन्वय समितिका दुईजना सदस्य मनोनित गर्ने व्यवस्था समेत गरिएको छ । जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउने र जिल्ला—जिल्लाको विकास निर्माणमा अनुभव आदनप्रदान गर्ने उदेश्यले यो समिति निर्माण गरिएको संयोजक सुवेदीले बताए । जिल्ला समन्वयको भुमिका माथी प्रश्न उठिरहेका बेला यो समिति गठनले जिल्लाको हरेक बिषयमा समन्वयकारी भुमिका खेल्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

७ प्रदेश मध्ये गण्डकी प्रदेशका उपप्रमुखहरुले समिति गठन गरेर आफ्नो पहिचान कायम राख्ने काम यो पहिलो हो । गण्डकी प्रदेशमा ११ ओटा जिल्ला रहेका छन् । प्रत्येक जिल्लामा बैठक बस्ने र जिल्लाको समस्या र राम्रा कुराको अनुसरण गर्ने गृहकार्य हुने बताएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…