२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

डिष्ट्रिक्ट ३२५आईको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको पदस्थापन सम्पन्न


लेखनाथ,  कास्की।  डिष्ट्रिक्ट ३२५आई नेपालको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको पदस्थापन समारोह सम्पन्न भएको छ । विहिवार नमस्ते पाटी प्यालेस लेखनाथमा सम्पन्न पदस्थापन समारोहमा क्लब अध्यक्ष, पदाधिकारी र सदस्यको उपस्थििति रहेको थियो ।
पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले क्लबका नवनिर्वाचित पदाधिकारी पदस्थापन गराएकी छन् भने डिष्ट्रिक्टका प्रथम भााईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै लायन्स सदस्यताको सपथ गराएका थिए ।
समारोहमा लायन वर्ष २०२४\२५ का अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र आज मात्र पदस्थापित २०२५\२६ अध्यक्ष बोधराज लामिछानेले हालसम्म क्लबले सम्पादन गरेका कार्य र भावीकार्यक्रम प्रस्तुत गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…