सेवा गरेर नेतृत्व लिनु र त्यसबाट प्रगतिको शिखरमा पुग्नु नै जीवनदर्शन हो : डिष्ट्रिक्ट गर्भनर पाण्डे
- August 6, 2025
- 1746

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले सेवा गरेर नेतृत्व लिनु र त्यसबाट प्रगतिको शिखरमा पुग्नु जीवनदर्शन रहेको बताएकी छन् । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको एरिया ११ रिजन २३ जोन ५३ र ५४ अन्र्तगतका क्लबहरूको संयुक्त पदस्थापन समारोहमा डिष्ट्रिक्ट गर्भनर पाण्डेले उक्त कुरा बताएकी हुन् ।
आफ्नो कार्यकालको स्लोगन सर्भ, लिड र राईजको मूलमर्मको अर्थ लगाउदै गर्भनर पाण्डेले नेतृत्व, सेवा र व्यक्तिगत वा सामूहिक प्रगतिको दर्शनमा प्रयोग हुने कुरा बताएकी हुन् । सेवा गर्नु अरुको हितलाई प्राथमिकता दिनु हो । समुदाय, संस्था वा व्यक्तिको आवश्यकतामा आफ्नो समय, सीप र स्रोत लगानी गर्ने भावनाले सकारात्मक दिशा देखाउने मात्र नभई अरूलाई प्रेरित गर्ने भूमिका खेल्ने उनको भनाई थियो ।
संयुक्त पदस्थापन समारोहको प्रमुख अतिथि समेत रहेकी गभर्नर पाण्डेले सेवा गर्ने क्रममा नै नेतृत्वको जिम्मेवारी लिनु र उदाहरण प्रस्तुत गर्नु सेवा र नेतृत्वको परिणाम स्वरूप व्यक्तिगत र सामूहिक प्रगति हासिल गर्नु त्यसबाट प्रगतिको शिखरमा पुग्नु जीवनदर्शन रहेको कुरा पुष्टि गरेकी हुन् ।
बुधवार केसी बेन्कुईट माटेपानी पोखरामा सम्पन्न पदस्थापन समारोहमा पोखरास्थित ६ वटा क्लबहरु लायन्स क्लब अफ पोखरा अञ्जुली, ग्लोरी, वर्किङ टुगेदर, कोरिया रिर्टनी, सर्भिस रिर्टनी, पोखरा छिङगुदुलका क्लब अध्यक्ष, पदाधिकारी र सदस्यको उपस्थििति रहेको थियो । सो अवसरमा लायन्स क्लब अफ पोखरा कोरिया रिर्टनीद्धारा स्पोन्सर गरिएको क्लब पोखरा छिङगुदुलको चार्टर हस्तान्तरण गरिएको थियो ।
पदस्थापन समारोहमा पदस्थापन अधिकृत डिष्ट्रिक्ट गर्भनर पाण्डेले ६ वटा क्लबहरूका नवनिर्वाचित पदाधिकारी पदस्थापन गराएकी छन् भने डिष्ट्रिक्टका प्रथम भााईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले ६ वटै क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै लायन्स सदस्यताको सपथ गराएका थिए ।
समारोहमा लायन वर्ष २०२४\२५ का ४ वटा क्लबका अध्यक्षहरु अञ्जुली, ग्लोरी, वर्किङ टुगेदर, कोरिया रिर्टनीका अध्यक्षहरु साधना थापा, श्रीराम शर्मा, जनक पौडेल र इश्वर केसीले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र आज मात्र पदस्थापित २०२५\२६ अध्यक्षहरू अञ्जुली निर्मला थापा, ग्लोरीका केशव पौडेल, वर्किङ टुगेदरका श्रीराम तिमिल्सिना, कोरिया रिर्टनी प्रशन्न पौडेल, सर्भिस रिर्टनी अनिल सुवेदी, पोखरा छिङगुदुलका तेजेन्द्र मल्लले हालसम्म क्लबले सम्पादन गरेका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
दुई चरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लब पोखरा कोरिया रिर्टनीका २४\२५ का अध्यक्ष इश्वर केसी र पोखरा सर्भीस रिटर्नीका २५\२६ का अध्यक्ष अनिल सुबेदीको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रमको संचालन वर्किङ टुगेदरका गतबर्षका सचिव श्रीराम तिमिल्सिना र ग्लोरीका सह-सचिव प्रेम बरालले गरेका थिए । समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, द्वित्तीय भााईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, रिजन चेयरपर्सन सन्दीप घिमिरे र जोन चेयरपर्सन उमा भण्डारीलगाएतले आ–आफ्नो भनाई राखेका थिए ।










