२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सापकोटा विजयी

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा विजयी भएका छन् । नवौँ जिल्ला अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शुक्रबार राती सम्पन्न मत गणना अनुसार सापकोटाले निकटतम प्रतिस्पर्धी विनोद रेग्मीलाई १ सय ६३ मतान्तरले पराजित गरे । सापकोटाले ३ सय २५ मत ल्याउँदा  उनका  प्रतिद्वन्द्वी विनोद रेग्मीले १ सय ६२ मत पाए । खुलातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त ल्याए ।

कार्यसमितिका अन्य पद भने निर्विरोध भएको थियो ।महिला उपाध्यक्षमा रञ्जना पोख्रेल, समावेशी उपाध्यक्ष नर बहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सह-सचिवमा  मञ्जु सुवेदी तथा कोषाध्यक्षमा दीपक शर्मा पराजुली निर्विरोध भए । सदस्यहरूमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गङ्गा अधिकारी (महिला) चयन भए ।

प्रदेश प्रतिनिधिमा सुदिप रेग्मी (३६६ मत), दिनेश चापागाईँ (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत), काशीराम पौडेल (२३९ मत), विषनबहादुर थापा (समावेशी) र मिना कुमारी श्रेष्ठ (महिला) निर्वाचित भए ।महिला र समावेशी निर्विरोध भएका हुन् ।

केन्द्रीय प्रतिनिधिमा सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत), महेन्द्र गुरुङ (२११ मत), सीता बराल ढुङ्गाना (महिला) र अर्जुन गुरुङ (समावेशी) निर्वाचित भए । महिला र समावेशी सर्वसम्मत भएका हुन् ।

शुक्रबार भएको मतदानमा ५ सय ७ जनाले मतदान गरेका थिए । ६ सय ५५ जना मतदाता रहेका निर्वाचन समिति संयोजक शालिग्राम भट्टराईले जानकारी दिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…