२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

 ७० स्टलसहित आठौं इक्यान शैक्षिक मेला शुक्रवारदेखि

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गर्न लागेको आठौं संस्करणको इक्यान शैक्षिक मेलामा ७० वटा स्टल रहने भएका छन्। भदौ २० र २१ गते पोखराको सिटी स्क्वायर बैंक्वेटमा मेला हुने भएको छ ।

मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीका अनुसार करिब ५० वटा एजुकेशन कन्सल्टेन्सी, विभिन्न बैंक तथा वित्तीय संस्था, स्वदेश तथा विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि स्टलमा सहभागी हुनेछन्। उनले भने, “स्टलको माग बढेकाले यसपटक संख्या थप गरी ७० पुर्याइएको छ।”

इक्यान कास्कीका अध्यक्ष प्रकाश गैरेले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार मेला उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्नेछन्।

मेला विशेषगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीलाई लक्षित गरिएको छ। अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, अमेरिका लगायतका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू मेलामा प्रत्यक्ष सहभागी हुने शाहीले जानकारी दिए।

मेलाले विद्यार्थीलाई एउटै छानामुनि विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने, शैक्षिक प्रक्रिया र अध्ययन अवसरबारे प्रत्यक्ष जानकारी लिने सुवर्ण अवसर प्रदान गर्ने आयोजक इक्यान कास्कीले जनाएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…