
काठमाडौँ । नेपाल पत्रकार महासंघले हालैका प्रदर्शनका क्रममा पत्रकारमाथि आक्रमण हुनुका साथै विभिन्न मिडिया हाउस जलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघका अध्यक्ष निर्मला शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै ४ जना पत्रकार गोली लागेर घाइते भएको र देशभरका पत्रकारहरू असुरक्षित महसुस गरिरहेको उल्लेख गरेकी छन् ।
महासंघले मिडिया र पत्रकारमाथि भएका क्षतिप्रति राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । साथै, जेन जेड पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्न गम्भीर विमर्श आवश्यक रहेको ठहर महासंघको छ ।
संविधानले निर्धारण गरेको प्रक्रियामार्फत राजनीतिक समाधान खोज्नुपर्ने भन्दै महासंघले राष्ट्रपतिलाई सहजीकरणको भूमिका लिन आग्रह गरेको छ । जंगीअड्डाबाट होइन, राष्ट्रपति कार्यालयबाटै राजनीतिक निकासको पहल हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ












