२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठक पोखरामा, तयारी तीव्र

पोखरा – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले दोस्रो क्याविनेट बैठक आगामी असोज २४ र २५ गते पोखरामा आयोजना गर्ने भएको छ । नेपालका १५ डिष्ट्रिक्टमध्ये सक्रिय र प्रभावशाली मानिने यो डिष्ट्रिक्टको क्याविनेट बैठकमा करिब १ हजार २ सय सदस्य सहभागी हुने अनुमान गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अञ्जुलीको स्थानीय व्यवस्थापनमा हुने बैठकका लागि विभिन्न २२ वटा उपसमिति गठन गरिएका छन् । शनिवार बैठक तयारीका लागि सचिवालय उद्घाटन कार्यक्रम  सम्पन्न भएको हो, जसको उद्घाटन डिष्ट्रिक्टका द्वितीय भाइस गर्भनर शैलेन्द्र मोहन भट्टराईले गरेका थिए । सचिवालय उद्घाटन कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनरद्धय चन्द्र कुमार केसी राम बहादुर बसेललगाएत क्याबिनेटका सिनियर लायन्स लिडर तथा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठक मूल आयोजक समितिका संयोजक अमृत शोभा खत्रीका अनुसार, बैठकलाई सभ्य र भव्य बनाउन क्लब पदाधिकारी, सल्लाहकार समिति, स्टेरिङ समिति, सचिवालय, अर्थ संकलन, स्मारिका प्रकाशनदेखि स्वागत सत्कार, आवास, खानपान, सांस्कृतिक कार्यक्रमलगायतका उपसमिति सक्रिय गरिएका छन् ।

गण्डकी र बाग्मती क्षेत्रका लागि प्रि–रजिष्ट्रेशन संयोजक तोकिएसँगै सदस्यहरूको दर्ता प्रक्रिया तीव्र भइरहेको छ । बैठकले कार्यकाल प्रारम्भपछि सम्पन्न भएका गतिविधिको समीक्षा गर्दै आगामी एजेण्डामा छलफल गर्नेछ ।

भाइस डिष्ट्रिक्ट गर्भनर भट्टराईका अनुसार, पोखरा–११ फुलवारीस्थित एस.आर.के.सी. बेन्कुइटमा सम्पन्न हुने यो बैठकलाई पोखराको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय स्तरमा लैजाने एजेण्डाका छलफल गर्ने अवसरको रूपमा उपयोग गरिनेछ । वर्षमा चार पटक हुने क्याविनेट बैठकमध्ये यो दोस्रो तथा ‘बिजनेस मिटिङ’ हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…