२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

जेन्जी आन्दोलनमा क्षतिग्रस्त नदिपुर प्रहरी बिटलाई लायन्स स्पाउस क्लबद्वारा रंगरोगन

पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटी स्पाउस क्लबले जेन्जी आन्दोलन (भदौ २३ र २४) का क्रममा क्षतिग्रस्त बनेको नदिपुर प्रहरी बिटलाई रंगरोगन गरेको छ ।

क्लबले ५६ हजार ४ सय २९ रुपैया बराबरको रंगरोगन  प्रहरी बिटका प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.सा.नि) दीपा आलेलाई हस्तान्तरण गरेको हो । युनाईटेड क्लब नदिपुरका अध्यक्ष नविन आलेसहित क्लब पदाधिकारीको स्थानीय संयोजनमा उक्त कार्यक्रम गरिएको स्पाउस क्लबका सदस्य बिमला श्रेष्ठले जानकारी दिईन् ।

४२ जना सदस्य रहेको स्पाउस क्लबमा ७ जनाको प्रत्यक्ष उपस्थिति रहेको थियो । सहभागी सदस्यहरूमा उर्मिला बस्नेत, बिमला श्रेष्ठ, सुभद्रा श्रेष्ठ, दुर्गा मर्सानी, निता बुद्वाचार्य, पूर्ण लक्ष्मी द्धा र निरा थापा रहेका थिए । उनीहरूले सामूहिक श्रमदानमार्फत रंगरोगन कार्यलाई सम्पन्न गरेका हुन् ।

कार्यक्रममा बोल्दै स्पाउस क्लबका सदस्य उर्मिला बस्नेतले “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै क्लबले निरन्तर सेवामूलक कार्य गर्दै आएको बताइन् । उनका अनुसार, सामाजिक सेवामार्फत समुदायमा सकारात्मक उदाहरण प्रस्तुत गर्नु नै स्पाउस क्लबको मुख्य उद्देश्य हो ।

लायन्स स्पाउस क्लबले विगतका वर्षहरूमा समेत पोखराको विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा योगदान पुर्‍याउँदै आएको छ । यसपटकको कार्यले समुदाय र सुरक्षाकर्मीबीच सहकार्य र आपसी विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…