17Shares

अन्नपुर्ण, कास्की। गोकुलेश्वर एग्रिकल्चर एण्ड एनिमल साइन्स कलेज, बैतडीमा सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी बिनिता पौडेलले बकुल्ला सिमीमा अनुसन्धान सुरु गरेकी छन्। अन्नपुर्ण गाउँपालिका, पाउदुर घर भएकी पौडेलले आठौं सेमेस्टरको रिसर्च कार्यअन्तर्गत विभिन्न तरिकाले मल प्रयोग गरी बकुल्ला सिमीको विकास उत्पादनमा पर्ने प्रभावबारे अध्ययन गरेकी हुन्।

उनले ‘आठौँ सेमेस्टरको प्रयोगात्मक परीक्षाको ५० नम्बरको पुर्णाङ्क अन्तर्गत यो अनुसन्धान थालेकी हुन्। बिउ लगाउनेदेखि बिरुवा उम्रने, पात पलाउने अवस्था, डाँठको मोटाइ समग्र उत्पादन क्षमतासम्मको विवरण संकलन गर्ने उद्देश्य रहेको उनले बताइन्। मौसमी बाली भएकाले यससम्बन्धी प्रष्ट अनुसन्धान नभएको आफुलाई जानकारी नभएको कारण यसलाई नै अध्ययन विषय बनाएको उनको भनाइ छ।

स्थानीय लोकल जातकै बिउ प्रयोग गरेकी छु। यसले तीन महिनामै फल दिने भएकाले घरमै बसेर अनुसन्धान गर्न सहज भएको ,” पौडेलले भनिन्। उनले बाबाआमासँग घरमै रहँदै समयको सदुपयोग गर्ने मौका पाएकोमा खुशी व्यक्त गरिन्।

बिउ रोपेको २१ दिन पूरा भइसकेको छ। र, हाल बिरुवा २५३० सेमी उचाइ पुगेको पौडेलले जानकारी दिइन्। उनका अनुसार हालसम्म प्रत्येक बिरुवामा १३१६ वटा पात पलाइसकेका छन् भने डाँठको मोटाइ करिब\करिब सेमी पुगेको छ।

अनुसन्धानका लागि उनले मिटर लम्बाइ मिटर चौडाइमा तयार पारिएका २० वटा ड्याङ्गमा ५०० बिरुवा रोपेको बताइन्। सुरुको तीन सातामै बिरुवा विकास राम्रो देखिएकाले आगामी नतिजा अझै उत्साहजनक हुने उनको अनुमान छ।

यो अनुसन्धानले बकुल्ला सिमी उत्पादनमा मलको प्रभावबारे वैज्ञानिक तथ्य दिनेछ। यसले आगामी दिनमा किसानलाई उत्पादन वृद्धि गर्ने तरिका अपनाउन मद्दत पुर्याउने विश्वास लिएकी छु,” पौडेलले भनिन्।

कलेजका विद्यार्थीहरूले घरमै बसेर गरेका यस्ता अनुसन्धानले स्थानीय कृषिमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected