२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

माछापुच्छ्रे मा.वि. पूर्व विद्यार्थी मञ्चको पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की — माछापुच्छ्रे माध्यमिक विद्यालय (मा.वि.) पूर्व विद्यार्थी मञ्च ढिकुरपोखरीद्वारा प्रत्येक वर्ष विजया दशमीको द्वादशीका दिन आयोजना हुँदै आएको पुनर्मिलन, शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रम यस वर्ष पनि निरन्तरता पाएको छ। शनिबार विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा आठौँ अधिवेशनसमेत सम्पन्न गरिएको थियो।

मञ्चका अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार संस्थापनाकालदेखि निरन्तरता पाउँदै आएको यो कार्यक्रमले पूर्व विद्यार्थीबीच आत्मीयता वृद्धि गर्नुका साथै विद्यालयप्रतिको योगदानमा सक्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा बडादशैँ, तिहार, छठ, नेपाल संवत ११४६ र ल्होसारलगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा आधारभूत तह, एसईई र माध्यमिक तहमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। आधारभूत तहतर्फ सरिता देवकोटा, विन्ती भण्डारी र गौरव ढकाल, एसईईतर्फ सलिजा अधिकारी र सुविद शर्मा तथा माध्यमिक तहतर्फ दिपा अधिकारी र नितेश बि.क.लाई नगद, सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

विद्यार्थी मात्र नभई विद्यालयमा सतप्रतिशत उत्तीर्ण गराउन सफल शिक्षक छविराज अधिकारी (अर्थशास्त्र) र गोविन्द मणि पौडेल (व्यावसायिक अध्ययन)लाई पनि सम्मान गरिएको थियो। त्यस्तै समाजका विशिष्ट सदस्य लोकराज भण्डारी र उत्कृष्ट अभिभावकका रूपमा हरिमान गुरुङलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मञ्च सदस्य जगन गुरुङले २० वर्षअघि पूर्व विद्यार्थी मञ्च स्थापना भएको स्मरण गर्दै यस संस्थाले विद्यालय सुधार र समुदायमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले पूर्व विद्यार्थीहरूलाई अनुभव, सिकाइ र उपलब्धिहरू साझा गरेर विद्यालयको उत्थानमा सक्रिय बन्न आग्रह गरे।

मञ्चका संस्थापक अध्यक्ष डा. गिरधारी दाहाल, पूर्व अध्यक्ष गायत्री पराजुलीलगायतका वक्ताहरूले विद्यालय सुधारमा पूर्व विद्यार्थीहरूको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिए। अध्यक्ष विष्णुप्रसाद अधिकारीले पनि पूर्व विद्यार्थीलाई संगठित गरी विद्यालय सुधारमा प्रत्यक्ष लगानी गर्नुपर्नेमा जोड दिंदै चाडपर्वहरूले सत्य, सत्मार्ग र ऐक्यबद्धताको प्रेरणा दिने बताए।

आठौँ अधिवेशनले फणिन्द्र अधिकारीलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा रमेशराज भण्डारी, महासचिवमा हरिप्रसाद भण्डारी, सचिवमा भुमिराज अधिकारी, कोषाध्यक्षमा सोभाखर अधिकारी तथा सदस्यमा कमला सुवेदी पौडेल, कृष्ण प्रसाद भण्डारी र हरिराम भण्डारी निर्वाचित भएका छन्। बाँकी सदस्यहरू समावेशिकता र क्षेत्रगत सन्तुलन मिलाएर थप गरिने भएको छ।

विद्यालयको तथ्याङ्कअनुसार २०३२ सालमा पहिलो एसएलसी सञ्चालन भएदेखि हालसम्म ७ हजारभन्दा बढी विद्यार्थीले एसएलसी/एसईई र ८ हजारभन्दा बढीले माध्यमिक तहमा भर्ना भएर अध्ययन गरिसकेका छन्। पूर्व विद्यार्थी मञ्चद्वारा निरन्तर आयोजना हुने पुनर्मिलन तथा सम्मान कार्यक्रममा सहभागिता बढ्दै गएकाले यसले विद्यालयलाई थप प्रेरणा दिने विश्वास लिइएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…