
पोखरा । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको सौन्दर्यीकरण, वृक्षारोपण, सडक बत्ती जडान र स्थानीय समस्याहरू समाधानका लागि आयोजना टोलिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ।
छलफलमा आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्ण बहादुर कुवँरले हालसम्मको प्रगतिबारे जानकारी दिँदै बाँकी काम तोकिएको समयमा सक्ने प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख आचार्यले उक्त सडक गण्डकी प्रदेशको ‘लाइफलाइन’ भएको उल्लेख गर्दै काममा ढिलाइ नगर्न निर्देशन दिएका छन् ।
स्थानीय समस्याहरू समाधानका लागि महानगरसँग समन्वय आवश्यक रहेको आयोजनाले जनाएको छ।











