२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

लेउवा संघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पोउवा संघको बधाई

पोखरा, ३० असोज ।  पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ ।
गएको भदौ २० र २१ गते सम्पन्न १५ औं महाधिवेशनबाट जानुका लेखनाथको अध्यक्ष निर्वाचित भएकी हुन् ।
बिहीबार आयोजित स्वागतसहितको बधाइ कार्यक्रममा बोल्दै आयोजक संस्था एवं कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले नेपालको  निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको बताए । जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण,आगजनी, लुटपाटले त्यो अवस्था आएको बताउँदै उनले भने,‘ हामीमाथि १० वर्षे सशस्त्र द्वन्द्वको समयमा समेत नभएको आक्रमण भएको छ । यो आक्रमणबाट भएको क्षति,सुरक्षा चुनौती र अनिश्चिताले हामीलाई बढो हैरानी दिएको छ ।’
उनले यति हुँदाहुँदै पनि निजी क्षेत्रले हार नमानेको र पुनः धूलो टक्टक्याएर उठ्ने तयारीमा रहेको बताए ।
‘ निजी क्षेत्र युद्धको सिपाही जस्तै हो र यसलाई पिठ्यूँ फर्काएर भाग्ने छुुट छैन । अपराधीलाई कानूनी कठघरामा ल्याएर, क्षतिपूर्ति भराएर र सरकारबाट सुरक्षाको ग्यारेण्टी गराएर हामी पुनः व्यवसायमै फर्कनको लागि तम्तयार हुनु परेको छ,’उनले भने,‘ यसको लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्छ भन्नेमा कसैको पनि दुईमत छैन ।’
जेनजी आन्दोलनको क्रममा संघीय राजधानीपछि दोस्रो बढी क्षति पोखराले नै ब्यहोरेको बताउँदै उनले प्रताडित व्यवसायीलाई न्याय दिलाउन र व्यवसायीको मनोबल उच्च बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघले पहलकदमी लिइरहेको पनि बताए ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताइन् । परिवर्तनको लागि नवयुवोको आह्वानमा भएको आन्दोलनमा भएको अराजक तत्वको घुसपैठको मिहिन तरिकाबाट अनुसन्धान हुनुपर्ने तथा क्षति ब्यहोरेका उद्योगी÷व्यवसायीहरुलाई राहत दिनुपर्ने उनको भनाइ थियो । आर्थिक समृद्धि र बृहत्तर पोखराको हितका निम्ति लेखनाथ र पोखराले लामो समयदेखि सहकार्य गर्दै आइरहेको स्मरण गर्दै उनले भनिन्,‘हामी एउटै महानगरमा रहेका दुई उद्योग वाणिज्य संघहरु बृहत्तर पोखराको हितको लागि काम गर्ने संस्था हौँ । पोखराको समग्र आर्थिक र सामाजिक विकासका निम्ति हामी एकै ठाउँमा छौँ ।’
उनले अहिले जग्गा किनेर उद्योग स्थापना गर्छु भन्ने कुरा असम्भवजस्तै रहेको बताउँदै पोखराको वडा नम्बर ३३ र शुक्ला गण्डकी क्षेमा पर्ने पुँडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम छिटो सक्न माग गरिन् ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आउँदा चाडपर्वको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित लेखनाथ उद्योग वाणिज्य संघको टिमलाई बधाइ ज्ञापन गरिन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…