
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहण आज दिउँसो २ः३० बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने भएको छ।

सरकारी स्रोतका अनुसार आज मन्त्री बन्ने चारजना नाम सार्वजनिक भएका छन्। ती हुन् — डा. सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार।
प्रधानमन्त्री कार्कीले डा. सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई भूमि सुधार मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री, र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्रीका रूपमा नियुक्त गर्ने तयारी गरेकी हुन्।
यी चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बन्नेछ। यसअघि मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ८ जना मन्त्री मात्र रहेका थिए।
हालका मन्त्रीहरूमा प्रधानमन्त्री कार्की स्वयंका साथै कुलमान घिसिङ (ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास), ओमप्रकाश अर्याल (गृहमन्त्री), रामेश्वर खनाल (अर्थमन्त्री), अनिलकुमार सिन्हा (उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण), महावीर पुन (शिक्षा तथा विज्ञान प्रविधि), मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास), र जगदीश खरेल (सूचना तथा सञ्चार) रहेका छन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमार्फत सरकारलाई थप कार्यगत र प्रभावकारी बनाउने उद्देश्य लिएकी बताइएको छ।







सम्बन्धित खवर















