२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
अर्थ र वाणिज्यखबर

जेन–जी र निजी क्षेत्रबीच सहकार्य : पोखरामा व्यावसायिक वातावरण सुदृढीकरणतर्फ पहल

पोखरा।  पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि उत्पन्न व्यावसायिक अस्थिरता र असुरक्षाको वातावरणलाई सुधार गर्न जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा गठन गरिएको ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ ले जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा रहेका प्रतिनिधिहरूसँग पछिल्ला दिनमा पटक–पटक छलफल गर्दै आपसी सहकार्यको वातावरण निर्माण गरेको संघले जनाएको छ।

छलफलका क्रममा जेन–जी पुस्ताका प्रतिनिधिहरूले निजी क्षेत्रलाई थप लगानीका लागि प्रोत्साहित गर्ने र भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। यसअघि, निजी क्षेत्रका प्रतिनिधिहरूको भेलाले अध्यक्ष कार्कीको संयोजकत्वमा उक्त समिति गठन गर्दै व्यावसायिक वातावरण सुधार, शान्ति–सुरक्षाको प्रत्याभूति र व्यवसायीको मनोबल उकास्ने उद्देश्य लिएको थियो।

सोही निर्णयअनुसार आयोजित संवादमा जेन–जी पुस्ताको तर्फबाट आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए।

संवादपछि पोखरा उद्योग वाणिज्य संघ र जेन–जी पुस्ताबीच भएको संयुक्त सहमतिमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा संयुक्त रूपमा आवाज बुलन्द पार्ने, २०८२ भदौ २३ गते भएको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्ने, भदौ २४ गतेको घटनामा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारवाही र क्षतिपूर्तिको माग गर्ने निर्णय गरिएको छ।

अध्यक्ष कार्कीका अनुसार दुबै पक्षले व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन तथा उद्योगी–व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन एकजुट भई अघि बढ्ने सहमति गरेका छन्। “सहमति कार्यान्वयन र भावी कार्यदिशा तय गर्न आवश्यकता अनुसार संयुक्त बैठक र छलफलको आयोजना गरिने निर्णय भएको छ,” संयोजक कार्कीले भने, “व्यवसायीमाथि पुनः आक्रमण नहोस्, दोषीमाथि कारवाही होस् र पीडित व्यवसायीले क्षतिपूर्ति पाउन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ। परिवर्तनका लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले कदर गरेका छौँ र सुशासनको अभियानमा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ।” जेन–जी आन्दोलनका क्रममा पोखराको निजी क्षेत्रले करिब साढे दुई अर्ब रुपैयाँभन्दा बढी क्षति बेहोरेको प्रारम्भिक अनुमान गरिएको छ।

संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले उद्योगी–व्यवसायीको मनोबल पुनःस्थापना गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजसँग समेत सहकार्य गर्ने जानकारी दिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…