२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘अब ढिलाइ होइन, निर्णय चाहिन्छ’ — बिशेष महाधिवेशन पक्षका नेताहरूको डा. शेखरसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र बिशेष महाधिवेशनको माग चर्किँदै गएपछि पार्टीका  नेता डा. शेखर कोइरालासँग हस्ताक्षरकर्ता नेताहरूले भेटघाट गरी विस्तृत छलफल गरेका छन्। बिशेष महाधिवेशनका मागकर्ता नेताहरू देवराज चालिसे, गुरुराज घिमिरेलगायतका नेताहरू सोमबार बिहान नेता कोइरालासँग भेट्न पुगेका हुन्। भेटमा उनीहरूले पार्टीभित्र उत्पन्न परिस्थिति, आन्तरिक असन्तुष्टि र संगठनको आगामी बाटोबारे खुला संवाद गरेका छन्।

छलफलका क्रममा डा. कोइरालाले चार वर्षे समयसीमा भित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने वा त्यसको विकल्पका रूपमा केन्द्रीय समितिको आव्हानमा बिशेष महाधिवेशन गर्नुपर्ने धारणा प्रस्तुत गरेका थिए । उनले भने, “महाधिवेशनका लागि तत्काल एउटै कार्यतालिका बनाऔं, बिशेष महाधिवेशनबाट समयसापेक्ष नीति र नेतृत्व तय गरौं — यही अहिलेको एकमात्र बाटो हो।”

बैठकमा सहभागी नेताहरूले पनि नेपाली कांग्रेसले विगतमा जस्तै राजनीतिक उतारचढावका बेला सुझबुझ र परिपक्वता देखाउँदै राष्ट्र र जनतामाझ विश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। नेता चालिसेले भने, “कांग्रेसले बारम्बार पाएको जनविश्वास तोड्दै आएको तथ्य हामी स्वीकार गर्छौं। अब गल्ती दोहोर्याउने ठाउँ छैन। पार्टीलाई ठोस निर्णय र नयाँ दिशाको आवश्यकता छ।”

नेताहरूले हालै दुई दिनमै बहुमतको सरकार ढल्नु र संसद् विघटन हुनुको अर्थ सबैले बुझिसकेको बताउँदै कांग्रेसले राजनीतिक अनिश्चितता अन्त्य गर्न अग्रसर भूमिका लिनुपर्नेमा जोड दिए। उनीहरूले थपे, “समयको दबाब, नागरिकको भावना र संगठनको अवस्था हामी सबैले देखिरहेका छौं। अब ढिलाइ होइन, निर्णय चाहिन्छ। १५औं महाधिवेशन मंसिरभित्र गरौं, नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ।”

छलफलपछि सहभागी नेताहरूबीच ‘पार्टी एकता, संगठन पुनर्संरचना र समयसापेक्ष नीति निर्धारण’ लाई प्राथमिकतामा राख्दै संयुक्त पहल अघि बढाउने सहमति भएको बताइएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…