२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

कास्की प्रहरीद्वारा जेन–जी आन्दोलनमा तोडफोड र आगजनी गर्ने थप पाँच जना पक्राउ

पोखरा, कात्तिक २५ । कास्की प्रहरीले जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।

मिति २०८२ साल भदौ २४ गते कास्की जिल्लाका विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरू, निजी घर र पसलहरूमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको पहिचानका क्रममा प्रहरीले पछिल्ला दिनमा पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये पोखरा महानगरपालिका–१० बुद्धचोकका ५० वर्षीय चन्द्रबहादुर थापा, पोखरा–१० कै  ‘खलि’ भनेर चिनिने ४८ वर्षीय हरीबहादुर थापा, सोही महानगर–२६ बुढीबजारका ४० वर्षीय रमेश थापा, पोखरा–९ का ३५ वर्षीय अभिमन्यु पाण्डे र  माछापुच्छ्रे गाउँपालिका–३ का २५ वर्षीय सन्तोष परियार रहेका छन्।

उनीहरूलाई आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. हरीबहादुर वस्नेतका अनुसार पक्राउ परेकाहरूले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने, लुटपाट तथा प्रहरी कार्यालयमा रहेका हतियार तोडफोड गर्ने जस्ता गैरकानुनी कार्यमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…