२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यखबर

लेखनाथ महोत्सव २१ औँ संस्करण: ९ करोड कारोबार लक्ष्य, २.५ लाख दर्शकको अपेक्षा

पोखरा । पोखरा-२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन, लघु तथा घरेलु उद्योग, उद्यमशीलता विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो।

संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको कार्यक्रम २०६१ सालदेखि औपचारिक महोत्सवका रूपमा निरन्तर हुँदै आएको छ। उनले यस वर्ष पनि स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित वस्तुहरूको बजार विस्तार, कृषि सामग्री, महिला उद्यमीका उत्पादन, हस्तकला, खाद्यान्न, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सामग्रीको प्रदर्शनी एवं बिक्री हुने जानकारी दिइन्।

बिषम आर्थिक परिस्थितिमा पनि व्यवसायीको मनोबल उच्च बनाउन र बजार गतिशील बनाउन महोत्सव महत्त्वपूर्ण हुने प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्राईले बताए। उनका अनुसार महोत्सव स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्र सक्रिय बनाउन सहायक हुने अपेक्षा छ।

यस वर्ष करिब ३३५ स्टल रहने मेला अवलोकन गर्न २ लाख ५० हजारभन्दा बढी दर्शक आउने र करिब ९ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ।

महोत्सवका विशेष आकर्षणमध्येम नाना प्रकारका औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, फेन्सी तथा कस्मेटिक, विद्युतीय उपकरण, फर्निचर, खेलकुद सामग्री, सूचना–प्रविधि, अटोमोबाइल, खाद्य महोत्सव, बालउद्यान तथा लेखनाथ क्षेत्रका मौलिक उत्पादन—सुन्तला, मौरी, कफी, माछा र जैविक वस्तुको प्रदर्शनी रहनेछ।

सांस्कृतिक प्रदर्शन, झाँकी र्‍याली, महिला विशेष कार्यक्रम, रत्यौली गीत, विद्यालय स्तरीय कार्यक्रम, टिकटक तथा कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगीतसहित राष्ट्रिय कलाकारहरूको स्टेज शो, हास्यव्यंग्य प्रस्तुति र पप कन्सर्ट पनि महोत्सवका थप आकर्षण हुन्।

महोत्सव अवलोकनका लागि सर्वसाधारणको टिकट मूल्य १०० रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ र बेलुकाको कन्सर्टका लागि २०० रुपैयाँ तोकिएको छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नारासहित आयोजना हुने महोत्सव व्यवस्थापनका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति र करिब ३०० सदस्यीय मूल समारोह समिति गठन गरिएको संघले जनाएको छ।

महोत्सवको बचत रकम नवउद्यमी प्रवद्र्धन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण र पर्यटन प्रर्वद्धनका काममा लगाइने आयोजकले जनाएको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…