२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

२१औ संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला

लेखनाथ, कास्की । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागेको २१औँ लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेको छ। स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाका अनुसार संघका सदस्यहरूलाई लक्षित गर्दै पहिलो चरणको बुकिङ मंसिर ८ गतेबाट सुरू गरिएको हो। अन्य व्यवसायीहरूको लागि दोस्रो चरणको बुकिङ मंसिर १५ गतेदेखि खुला गरिने जनाइएको छ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” नाराका साथ आयोजना हुने यस महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइने र “मेड इन नेपाल” अन्तर्गतका उत्पादन प्रमोशनका लागि विशेष स्टल व्यवस्था गरिने थापाले जानकारी दिए।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, कृषि तथा पशुजन्य उत्पादन, यातायातका साधन, शैक्षिक तथा वैज्ञानिक सामग्री, सूचना–सञ्चार प्रविधिका नवीन आयाम, नयाँ प्रतिभा खोजी अभियान तथा सांस्कृतिक जगेर्ना कार्यक्रमहरू समेटिएको संघका अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुली अधिकारीले बताइन्। उनका अनुसार यसबाट स्थानीय उत्पादनको बजारीकरण, सीप र प्रविधिको हस्तान्तरण, साहित्य–कला–संस्कृतिको संरक्षण, साथै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।

सन् २०६१ सालदेखि निरन्तररूपमा आयोजना हुँदै आएको लेखनाथ महोत्सवले यसपटक पनि स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने र पर्यटक आकर्षित गर्न सहयोग गर्ने विश्वास प्रचार–प्रसार समितिका संयोजक ध्रुवबाबु भट्टराईले व्यक्त गरे।

यसपटकको महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुनेछ। महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ भने बिएलसी समूह (नर्भिक अस्पताल, पशुपति बिस्कुट, हेटौडा डेरी) सहप्रायोजक रहेका छन्। यस्तै, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रर्वद्धकका रूपमा रहने प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…