
पोखरा । पोखराका लागि टिभिएसको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले टिभिएसका दुई नयाँ मोटरसाइकल अपाचे RTR 160 2V FI र रेडर आइगोको बिक्री सुरु गरेको छ। मंगलबार आयोजित कार्यक्रममा स्क्वायर्स मोटर्सका प्रबन्धक निर्देशक विनोज पोटेले दुवै मोडलको औपचारिक लञ्चिङ गरेका हुन् ।
उनका अनुसार अपाचे RTR 160 2V FI को मूल्य रु ३,४४,९०० र रेडर आइगोको मूल्य रु ३,०९,९०० तोकिएको छ। दुवै मोडल अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र नवीन डिजाइनसहित बजारमा आएको स्क्वायर्स मोटर्सले जनाएको छ।
टिभिएसको रेसिङ परम्परालाई झल्काउने RTR 160 2V FI मा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल ABS, कनेक्टेड डिजिटल क्लस्टर, AHO LED हेडलाइट तथा अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड उपलब्ध छन्। यसमा रहेको १५९.७ सीसी सिंगल–सिलिण्डर FI इन्जिनले १६.४ PS पावर र १३.३२ Nm टर्क प्रदान गर्छ। बाइकमा ५–स्पिड गियरबक्स छ।
युवा राइडरलाई लक्षित गर्दै ल्याइएको रेडर आइगोमा १२४.८ सीसी एयर–एन्ड–अयल कुल्ड थ्री–भी इन्जिन दिइएको छ, जसले ७५०० RPM मा ११.३८ PS र ६००० RPM मा ११.२ Nm टर्क उत्पादन गर्छ। रेडर आइगोमा प्रदान गरिएको ‘बुस्ट मोड’ ले थप ०.५५ Nm टर्क वृद्धि गर्छ भने यसले ५.८ सेकेन्डमै ०–६० किमी/घन्टा वेग लिन सक्छ।
यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस असिस्ट, टर्न–बाइ–टर्न नेभिगेसन, कल ह्यान्डलिङ, नोटिफिकेसन म्यानेजमेन्ट सहित TFT डिजिटल क्लस्टर, आइगो स्टार्ट–स्टप टेक्नोलोजी, स्पोर्टी स्प्लिट सिट र आकर्षक स्टाइलिङ जस्ता फिचर छन्।
लञ्च कार्यक्रममा प्रबन्ध निर्देशक पोटेले टिभिएसले पोखरामा यी दुई मोडलको प्रवेशसँगै नयाँ र उत्साहजनक यात्रा सुरु भएको बताए। “यी मोटरसाइकलहरूले उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई प्रतिबिम्बित गर्छन्,” पोटेले भने। “अपाचे सिरिजको रेसिङ विरासतलाई कायम राख्दै आगामी दिनमा पनि यी मोडल युवापुस्ताको रोजाइ बन्ने विश्वास छ।”











