52Shares

अन्नपूर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका कास्कीको महत्वपूर्ण पूर्वाधार विकास परियोजनामध्ये एक—काँडे–भदौरे–सल्यान–पुरानोगाउँ सडकखण्ड (आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत) औपचारिक रूपमा शुभारम्भ गरिएको छ। विशेष समारोहका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीद्वारा शुभारम्भ गरिएको कार्यक्रमले स्थानीय बासिन्दामध्ये उत्साह जगाएको जछ।

शुभारम्भ कार्यक्रममा कार्यक्रममा अन्नपूर्ण  गाउँपालिकाक प्रवक्ता एवम् वडा नं ७ क वडाध्यक्ष भरतमान गुरुङ,वडा नम्बर ४ का वडाध्यक्ष आइन्दल गुरुङ, वडा नम्बर ४ का जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो।

शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष केसीले भौतिक पूर्वाधार विकास सफल बनाउन सहकार्य र एकताकाे अपरिहार्यता रहेको बताउदै स्थानीयको साथ, सबै पक्षको हातेमालो र योजनात्मक एक्यबद्धता भएमा योजनाहरू समयमै सम्पन्न हुन्छन् र गुणस्तरीय विकास सुनिश्चित हुने बताए।

केसीले उक्त सडक निर्माणले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नुका साथै भदौरे–देउरालीजस्ता पर्यटकीय गन्तव्यमा आवागमन सहज बनाउँदै समग्र क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।आयोजनाको औपचारिक सुरुवातसँगै स्थानीय समुदायमा सकारात्मक उर्जा थपिएको छ र समयमै गुणस्तरीय निर्माण पूरा हुने अपेक्षा गरिएको छ।

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected