२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

प्रविधिको दुरुपयोग बढ्दो, तर संकुचन समाधान होइन : विज्ञहरू

पोखरा, १९ मंसिर। पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगसँगै अपराधका प्रकारहरू बढ्दै गएको चर्चा बीच विज्ञहरूले प्रविधिको उपयोगमा संकुचन ल्याउनु समाधान नभएको स्पष्ट पारेका छन्। उनीहरूले प्रविधिले समाजलाई आधुनिक, सचेत र सक्षम बनाउने अवसरहरू बोकेको हुँदा गलत प्रयोग रोक्ने संरचनात्मक उपायमा जोड दिनुपर्ने धारणा राखे।

नेपाल मणिपाल अस्पतालको ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेकअन्तर्गत ‘राष्ट्रको जागरण : प्रविधि र समाजको पुस्तान्तरण’ विषयमा आयोजित संवाद कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री, सामाजिक अभियन्ता विना सिलवाल, सूचना प्रविधि उपप्राध्यापक विष्णुहरि पौडेल र क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रविधिको वर्तमान अवस्था, चुनौती र समाधानका तरिकाबारे विचार व्यक्त गरे।

कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले प्रविधिको दुरुपयोगले देशको सार्वभौमसत्तामासमेत असर पार्न सक्ने चेतावनी दिए। जेन–जी आन्दोलनमा प्रविधिको प्रयोगका कारण सात घण्टामै सत्ता परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले आन्दोलनले देशको कुल ग्राहकस्थ उत्पादन (GDP) को करिब एक तिहाइ बराबरको ६३ खर्ब रुपैयाँ क्षति पुर्‍याएको दाबी गरे। यस्तो क्षति न्यूनीकरण गर्न समय लाग्ने उनको भनाइ थियो।

सामाजिक अभियन्ता विना सिलवालले पछिल्लो समय मोबाइलबाट लिएर राखिएका व्यक्तिगत तस्बिर तथा अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने दुरुपयोगले धेरै परिवार विखण्डनमा पुगेको तथ्य उजागर गरिन्। उनका अनुसार, प्रविधिको अनियन्त्रित प्रयोगले सामाजिक संरचनामा गम्भीर नकारात्मक असर पर्न थालेको छ।

सूचना प्रविधि उपप्राध्यापक विष्णुहरि पौडेलले प्रविधिले नेपालमा नयाँ अवसरका ढोका व्यापक रूपमा खोलेको स्वीकार्दै यसको सही प्रयोगका लागि सरकारी संयन्त्र र शैक्षिक प्रणालीबीच समन्वय आवश्यक रहेको बताए। मोबाइलसहितका प्रविधि र कक्षाकोठाको शिक्षाबीच तालमेल नखुलेको उनको टिप्पणी थियो।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रयोगकर्ताहरूले नै प्रविधिको सही सदुपयोगबारे सचेत रहनुपर्ने बताए। बालबालिकालाई मोबाइल र डिजिटल सामग्रीको गलत प्रयोगबाट जोगाउन सहयोगी प्रविधिहरू उपलब्ध भइसकेको बताउँदै उनले अभिभावक र विद्यालय दुवै सतर्क हुनुपर्नेमा जोड दिए।

मेला आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार, समग्र पोखराको अर्थतन्त्रलाई चलायमान बनाउनु र नयाँ सम्भावनाको खोजी गर्नु मेलाको मूल उद्देश्य हो। मेला आइतबारसम्म चल्नेछ।

शनिबार कृषिको व्यावसायिकरण कहिले र कसरी ? विषयमा विशेष परिसंवाद राखिएको छ, जसमा कृषि मन्त्रालयका सचिव बासुदेव रेग्मी र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालसँग पत्रकार भरत कोइरालाले संवाद गर्नेछन्।

त्यसदिन नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक प्रस्तुति पनि दिने कार्यक्रम छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…