54Shares

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुस ३–१४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महोत्सव सञ्चालनका लागि संघले १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति र ३०० सदस्यीय मूल समारोह समिति गठन गरेको छ। महोत्सवमा रहने ३३५ मध्ये ९५ प्रतिशत स्टल बुकिङ भइसकेको संघकी अध्यक्ष तथा महोत्सव मूल संयोजक जानुका पराजुलीले जानकारी दिइन्।

उपसमितिहरूसँग कार्यसम्पादन, सुरक्षा, सहकारी समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी–र्‍याली, युवा परिचालन, पार्किङ तथा अन्य व्यवस्थापन विषयमा निरन्तर छलफल हुँदै आएको संघले जनाएको छ।

यस वर्षको महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य वस्तु, फेन्सी–कस्मेटिक, विद्युतीय उपकरण, फर्निचर, शैक्षिक तथा स्वास्थ्य सामग्री, सूचना–प्रबिधि उपकरण, फुड फेस्टिवल, अटोमोबाइल प्रदर्शनीलगायत आकर्षण रहनेछन्।

त्यस्तै लेखनाथ क्षेत्रमा उत्पादन हुने सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविक उत्पादन, दुग्धजन्य वस्तुसमेत बिक्री–प्रदर्शनीमा रहने प्रचार–प्रसार समितिका संयोजक ध्रुवबाबु भट्टराईले बताए। उनका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, प्रविधि तथा सीप आदान–प्रदान र पर्यटन प्रवद्र्धनमा मद्दत गर्नेछ।

महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने छ।

मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रा. लि., सह–प्रायोजकमा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी तथा प्रवर्द्धकका रूपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका प्रायोजक व्यवस्थापन उपसमितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected