
पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाग्लुङ जिल्लाको वडीगाड गाउँपालिका–५, ग्वालीचौरस्थित श्री भानु उच्च माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।
नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सन्तोष कुमार बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखराका निर्देशक बसन्त लिङथेप प्रमुख अतिथि रहेका थिए । उनले स्कुल ब्याग वितरण गर्दै नेपाल टेलिकम सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडीगाड गाउँपालिकाका उपप्रमुख भिमसेन वनले सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै स्थानीय तह नेपाल टेलिकमसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
उक्त अवसरमा वडीगाड गाउँपालिका–५ को ग्वालीचौर तथा खौलार बजार क्षेत्रमा द्रुत गतिको इन्टरनेट FTTH सेवाको शुभारम्भ गरिएको थियो। कार्यक्रममा अभिभावकहरूलाई नमस्ते मोबाइलका सिम कार्ड निःशुल्क वितरण गर्नुका साथै नेपाल टेलिकमका कर्मचारीहरूले टेलिकमका सेवाबारे जानकारी गराएका थिए।
नेपाल टेलिकम प्रादेशिक कार्यालय गण्डकीका प्राविधिक तथा व्यवसाय शाखा प्रमुख महेन्द्र प्रसाद रिमालले सञ्चालन रहेको कार्यक्रममा व्यवसाय शाखा प्रमुख दिनेशमणि लामिछानेले नेपाल टेलिकमले प्रदान गर्दै आएको सेवाहरूको बारेमा जानकारी गराएका थिए ।











