17Shares

पोखरा । गण्डकी ट्याक्टर तथा मिनि ट्रक यातायात प्रालिको अध्यक्षमा डम्बरराज ढकाल सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न प्रालिको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा चयन गरेको हो। ढकाल हाल नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव समेत रहेका छन्।

अधिवेशनबाट प्रालिको सञ्चालक समितिमा रमेश केसी, अर्जुनराज पँगेनी, धर्मजंग गुरुङ, शिरोधर पौडेल, बसन्तराज आचार्य, प्रेम थापा, केशव केसी, रामचन्द्र बस्ती र रामचन्द्र अधिकारी चयन भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व केन्द्रीय सदस्य भरत गिरीले व्यवसायिक एकता मजबुत बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका अध्यक्ष नारायण कोइरालाले यातायात व्यवसायलाई स्वस्थ, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

साधारणसभामा प्रालिका पूर्वअध्यक्ष तथा सल्लाहकार प्रेमबहादुर थापा, नविनराज बास्तोला, निर्वाचन मण्डल संयोजक पदमबहादुर केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन अर्जुनराज पँगेनीले गरेका थिए।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected