२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

लायन्स क्लब अफ पोखरा पिपल चौतारीद्वारा छैटौँ स्थापना दिवस सम्पन्न

भिमाद, तनहुँ । लायन्स क्लब अफ पोखरा पिपल चौतारीले आफ्नो छैटौँ स्थापना दिवस भिमाद नगरपालिका–५ स्थित मिछुर्लुंग होमस्टेमा एक कार्यक्रमका बीच मनाएको छ।

क्लबका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पहिलो डिष्ट्रिक्ट गभर्नर राम बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारी र नापी कार्यालय कास्कीका प्रमुख सुभाष भण्डारी विशेष अतिथि रहेका थिए।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू शिव खड्का, डा.ढाका कुमार श्रेष्ठ, कुमार क्षेत्री, शिव केसी र बसन्त कार्की, कार्यक्रम संयोजक कृष्ण रानाभाटसहित पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि राम बसेलले सम्बोधन गर्दै कुनै पनि संस्थाले निरन्तर राम्रो काम नगरी शतवार्षिकी मनाउन नसक्ने उल्लेख गरे। लायन्स अन्तर्राष्ट्रिय सामाजिक सेवाभावबाट स्थापना भएको संस्था भएको बताउँदै उनले लायन्स क्लबलाई केवल संस्था मात्र नभई सेवाभाव, मित्रता र नेतृत्व विकासको विद्यालयका रूपमा व्याख्या गरे। लायन्स क्लब परिवार सदस्यहरूको दोस्रो घरजस्तै भएको उल्लेख गर्दै उनले स्थापना भएको छ वर्षको अवधिमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, विपन्न तथा आपतकालीन सहयोगका क्षेत्रमा उल्लेखनीय योगदान दिएको प्रशंसा गरे। “We Serve” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन क्लब सफल भएको उनको भनाइ थियो।

यसै अवसरमा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारीले शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष तथा संस्थापक टिमको दूरदृष्टि र निःस्वार्थ सेवाभावकै कारण क्लब आज मजबुत संस्थाका रूपमा स्थापित भएको बताए। उनले पूर्व तथा वर्तमान नेतृत्वको सक्रियता र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा नवीन सोच, दिगो कार्यक्रम र युवाको सहभागितामार्फत समाजसेवामा अझ नयाँ उचाइ हासिल गर्न शुभकामना व्यक्त गरे।

क्लबका अध्यक्ष लोकनाथ अधिकारीले क्लबभित्रको एकता, सेवाभाव र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रथम उपाध्यक्ष सुभकार उप्रेतीले स्वागत मन्तव्य, क्लबका पूर्व अध्यक्ष डा. ढाका कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव बसन्त बास्तोला र ध्वजाको अभिवादन पाठ कोषाध्यक्ष संकल्प बसेलले गरेका थिए। सो अवसरमा ठाकुर लामिछाने र रमेश अधिकारीलाई नयाँ सदस्यका रूपमा क्लबमा आबद्ध गरिएको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…