२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरा लेडी जेसिज वर्ष २०२६ का लागि नयाँ समितिको पदस्थापन

पोखरा। पोखरा लेडी जेसिजले सामाजिक उत्तरदायित्व र महिला सशक्तिकरणमा आफ्नो सक्रियता जारी राख्दै वर्ष २०२६ का लागि नयाँ समितिको पदस्थापन गरेको छ। नयाँ समितिको अध्यक्षमा सुनिता गौतम भण्डारी चयन भएकी छन्।

पदस्थापन कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की, क्षेत्र ख प्रतिनिधि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सपना पौडेल भण्डारी, दुर्गा लामिछाने, र राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठले संयुक्त रूपमा सम्पन्न गरेका थिए।

कार्यक्रमको उद्घाटन वर्ष २०२५ की अध्यक्ष सिनेटर अनिता थापाको अध्यक्षतामा भएको थियो। उद्घाटन सत्रमा अध्यक्ष सिनेटर जीवन कार्कीले पोखरा लेडी जेसिज सामाजिक क्षेत्रमा निकै सक्रिय रहेको बताउँदै भने, “मानवीय सेवाका लागि जेसिज जहिले पनि तयार हुन्छ।”

सो अवसरमा वर्ष २०२५ का पदाधिकारीहरूले वर्ष २०२६ का पदाधिकारीहरूलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए। कार्यक्रमको संयोजन जेसी सन्तोषी अर्यालले गरेकी थिइन् भने संचालन जेसी सिर्जना आलेले गरेकी थिइन्।

पदस्थापन कार्यक्रममा करिब १ सय ७५ जनाको सहभागिता रहेको थियो। पोखरा लेडी जेसिजले आगामी वर्ष पनि समुदायसेवा, महिला सशक्तिकरण र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…