1Shares

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण थालेको आँधीखोला करिडोरमा पर्ने अर्मादीखोलामा पक्की पुल निर्माण हुने भएको छ । आँधीखोला कोरिडोरअन्तर्गत वालिङ नगरपालिका–१ बौवास्थित बौंवा र अर्मादी जोड्ने गरी अर्मादीखोलामा पक्की पुल निर्माण हुने भएको हो ।

आँधीखोला किनारको दुबैतर्फ निमार्णाधिन कोरिडोरको बौवास्थित अर्मादीखोलामा पक्की पुल निर्माण भएपछि करिडोरलाई सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोग गरिने भएको । आँधीखोला र अर्मादीखोलाको दोभानमा पक्की पुल निर्माण भएपछि नगर क्षेत्रबाट दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समेत सहज हुने भएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यमा डिएसएमवाई जेभी निर्माण कम्पनीले तीन करोड ३७ लाखको लागतमा पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । एक स्पानसहित झण्डै २५ मिटर लम्बाइ र फुटपाथसहित करिब साढे ८ मिटर चौडाइको पुल निर्माण हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म सक्ने गरी निर्माण थालिएको पुलको पहिलो चरणमा फाउण्डेसन निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

पुल बनेपछि नगरको बजार क्षेत्रबाट दैनिक रुपमा संकलित कुहिने, नकुहिने, सिसा र दिसाजन्य फोहोर नगरको सरसफाइ केन्द्रमा पु¥याउन सहज हुने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले बताए । अर्मादीखोला पुलले केन्द्रमा फोहोर पु¥याउन, सर्वसाधारणलाई आउजाउ गर्न र वैकल्पिक मार्गको रूपमा करिडोरको सडकलाई प्रयोग गर्न सकिने इन्जियिर रेग्मीले जानकारी दिए ।

हिउँदको समयमा खोलाबाटै सवारी साधनहरु आउजाउ गरेपनि वर्षातमा खोला बढ्ने भएकाले दैनिक उपभोग्य सामान ढुवानी र फोहोरमैलाका गाडी अन्यत्रबाट घुमाएर पु¥याउनु पर्ने बाध्यता पुल बनेपछि हट्ने बताइएको छ । खासगरी बजार क्षेत्रबाट सरसफाइ केन्द्रसम्म फोहोरजन्य सामग्री लैजान अर्मादी र मिर्दीखोला तर्नुपर्ने बाध्यता हट्नेमा नगरपालिकाले विश्वास जनाएको छ ।

आँधीखोला कोरिडोरमा सवारी साधन निर्वाध रूपमा सञ्चालन गर्ने उद्देश्यले पुल निर्माण थालिएको नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताए । अर्मादीखोलाको पुल बनेपछि आउँदो वर्षमा मिर्दीखोला तर्फको भागमा पनि पक्की पुल निर्माण गर्ने गरी आन्तरिक तयारी गरिएको प्रमुख खाँणले जनाए । करिडोरमा ट्रक खोल्ने काम सकिएपछि दुई करोडको लागतमा गत वर्ष करिडोरको झण्डै १ किमी सडक कालोपत्रे गरिएको छ ।

आँधीखोला कोरिडोर अन्र्तगतको सडकमा पुल बनेसँगै आँधीखोलाको किनार, अर्मादीखोला र मिर्दीखोला किनारका खेतीयोग्य जमिन सुरक्षित हुने अपेक्षा गरिएको छ । करिडोरबाट कृषिजन्य वस्तु र नदीजन्य सामग्री ढुवानी गर्नमा सहज हुने स्थानीयले बताए । नगरपालिकाले बनाएको कोरिडोरले पूर्णता पाएपछि सिद्धार्थ राजमार्ग र वालिङ बजार क्षेत्रको सहायक सडकमा सवारी चाप कम हुँदै जाने विश्वास गरिएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected