२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेतृत्व, आत्मविश्वास र सौम्य व्यक्तित्वतर्फ लेडी जेसिजको पहल

पोखरा। महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई एकसाथ अघि बढाउने लक्ष्यसहित पोखरा लेडी जेसिजले पर्सनालिटी डेभलपमेन्ट तालिम सम्पन्न गरेको छ। वर्ष २०२६ का लागि नयाँ कार्यसमितिलाई सक्षम, आत्मविश्वासी र नेतृत्वक्षम बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण थपेको छ।

मंगलवार पोखरास्थित टिका रिसोर्टमा सम्पन्न तालिममा जेसिज सदस्यसहित करिब ६० जना महिलाको उल्लेखनीय सहभागिता रहेको थियो। दिनभर चलेको तालिममा नेतृत्व कला, आत्मप्रस्तुति, सकारात्मक सोच, व्यवहारिक शिष्टाचार तथा व्यक्तित्व निर्माणका विविध पक्षहरूमा गहन छलफल र अभ्यास गराइएको थियो।

पोखरा लेडी जेसिजका अध्यक्ष सुनिता गौतम भण्डारीका अनुसार पोखरा लेडी जेसिजले सधैं महिला सशक्तिकरणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको छ। “नेतृत्व केवल पदमा सीमित हुँदैन, व्यक्तित्व र व्यवहारले पनि नेतृत्वको परिचय दिन्छ,” उनले भनिन् ।

तालिमका प्रमुख अतिथि नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गरेकी थिइन् । उनले जेसिजले महिलालाई नेतृत्वमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई निरन्तर सिकाइमा लागिरहन प्रेरित गरिन् ।

पोखरा जेसिजका अध्यक्ष जेसि सुमन पहाडी, लेडी जेसिजका पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा अनुभव र प्रेरणाका कुरा साझा गरिएको थियो।

तालिमका प्रमुख प्रशिक्षक पोखरा लेडी जेसिजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास एक–अर्काका पूरक भएको बताइन् । साथै सौन्दर्यविद् चिनु गुरुङले व्यक्तित्व विकासमा बाह्य प्रस्तुति र आत्मसम्मानको भूमिकाबारे व्यवहारिक प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमले सहभागी महिलाहरूमा आत्मविश्वास, नेतृत्व चेतना र सामाजिक जिम्मेवारीप्रतिको बुझाइ थप मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। पोखरा लेडी जेसिजले आगामी दिनमा पनि यस्ता सशक्तिकरणमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…