0Shares

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले बहुमतका आधारमा नयाँ नेतृत्वलाई अनुमोदन गरेको हो।

महाधिवेशनको निर्णयअनुसार पार्टी सभापतिमा गगन थापा निर्वाचित भएका छन्। नेतृत्व परिवर्तनसँगै काँग्रेसले संगठनात्मक पुनर्संरचना र राजनीतिक दिशामा नयाँ अध्याय सुरु गरेको महाधिवेशनले जनाएको छ।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदाय र क्षेत्रबाट नेताहरू चयन गरिएको छ।

महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन्।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना, महिला खुलाबाट ९ जना तथा प्रदेश, समुदाय र समावेशी कोटाअनुसार ठूलो संख्यामा केन्द्रीय सदस्य चयन गरिएको छ। अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खस–आर्य र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरिएको हो।

यसैबीच, विशेष महाधिवेशनले यसअघि शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगन थपासहित तीन नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णयलाई खारेज गरेको छ। यो निर्णयसँगै काँग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ।

विशेष महाधिवेशनपछि नेपाली काँग्रेस स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएको छ। देउवा समूह र गगन समूहबीच पार्टीको आधिकारिकता, वैधानिकता र संगठनात्मक नियन्त्रणको विषयमा अब खुला टकराव सतहमा आउने संकेत देखिएको छ।

को को भए केन्द्रीय सदस्य?

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह छन् ।

महिला खुलातर्फ नौ केन्द्रीय सदस्य चयन भएका छन् । यसमा चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन् ।

प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोईराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नी पौडेल छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् ।

बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण के.सी. चयन भएका छन् ।

लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र राम बहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा राम देबि खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट छन् । अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् ।

दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य बि.क. र दिनेश सुनार छन् ।

आदिवासी जनजाती महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाती खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ छन् ।

खसआर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन् ।

मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् । मधेशी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद छन् ।

मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् ।

त्यसैगरी, पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected