२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको उम्मेदवार छनोट पूरा, टिकट औपचारिक घोषणा बाँकी

पोखरा । नेपाली कांग्रेसले कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया टुंग्याएको छ। सोमबार पार्टीले क्षेत्र नम्बर–१ बाट तिलक रानाभाट, क्षेत्र नम्बर–२ बाट माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर–३ बाट मनोज गुरुङलाई उम्मेदवारका रूपमा अघि सारेको हो।

पार्टी स्रोतका अनुसार उम्मेदवार छनोट भइसके पनि औपचारिक रूपमा टिकट वितरण भने हुन बाँकी छ। केन्द्रबाट अन्तिम स्वीकृतिपछि मात्रै उम्मेदवारहरूले टिकट प्राप्त गर्नेछन्।

क्षेत्र नम्बर–१ का उम्मेदवार तिलक रानाभाट व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन्। उनी लामो समयदेखि सामाजिक तथा आर्थिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय तहमा राम्रो पहिचान बनाएका रानाभाटलाई कांग्रेसले संगठन सुदृढीकरण र मतदातासँगको सम्बन्ध विस्तारमा उपयोगी हुने उम्मेदवारका रूपमा हेरेको छ।

क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाइएका माधवप्रसाद बास्तोला (मधु) कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता हुन्। पार्टीको नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका बास्तोला संगठनभित्र अनुभवी नेताका रूपमा चिनिन्छन्। पोखरा केन्द्रित राजनीतिमा सक्रिय उनको उम्मेदवारीलाई कांग्रेसले सशक्त प्रतिस्पर्धीका रूपमा लिएको छ।

यस्तै, क्षेत्र नम्बर–३ बाट उम्मेदवार मनोज गुरुङ तरुण दल कास्कीका अध्यक्ष तथा कास्की–३ का कांग्रेस सभापति हुन्। संगठन निर्माण, युवा परिचालन र स्थानीय राजनीतिमा सक्रिय गुरुङको उम्मेदवारीले कांग्रेसको आधार बलियो बनाउने अपेक्षा गरिएको छ।

कांग्रेसले कास्कीका तीनै क्षेत्रमा उम्मेदवार टुंग्याएसँगै जिल्लाको चुनावी माहोल थप तातेको छ। अन्य प्रमुख दलहरूले यसअघि नै आफ्ना उम्मेदवारको टुंगो लगाइसकेका कारण अब कास्कीमा चुनावी प्रतिस्पर्धा तीव्र हुने संकेत देखिएको छ। औपचारिक टिकट वितरणपछि कांग्रेसले चुनावी अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…