२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोउवा संघद्वारा संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा,७ माघ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो  ।मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत् राजश्व बढाउने नीति पारित भयो ।

नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष मुल्मीलाई गाह्रो भयो ।

जिल्ला–जिल्ला र खासगरी ठूला व्यवसायीहरुले दिएको दबाबका कारण उनी तनावमा परे । आर्थिक विकासको लागि वैज्ञानिक कर प्रणाली कार्यान्वयनमा आउनुपर्छ भन्नेमा उनी प्रष्ट थिए । भ्याट भनेको व्यवसायीले तिर्ने नभइ संकलन गरेर राज्यलाई बुझाउने हो र त्यो दायित्व निभाउँदा निजी क्षेत्रमाथिको भरोशा बढ्छ भन्ने बुझे पनि दबाब झेल्न उनलाई कठीन भयो ।

देशैभरका उद्योग वाणिज्य संघहरु भ्याटको विपक्षमा हुँदा उनी पोखरा आए । आफ्नो मातृ संस्था पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष र पदाधिकारीलाई अवस्थाबारे जानकारी गराए । भ्याटको महत्वबारे बुझाए । त्यसपछि पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभियो । तर,सुधार र कार्यान्वयमा ल्याउन समय माग भयो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आयो ।

अहिले नेपालको मुख्य राजश्वको श्रोत नै भ्याट बनेको छ । नेपालका उद्योग वाणिज्य संघहरुमध्ये पहिलोपटक भ्याटको पक्षमा उभिएको पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट के हो भन्नेबारे संचारकर्मीहरुलाई पनि जानकारी गरायो ।

पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गरेको हो ।
‘भ्याट के हो र यसले राजश्वमा कति योगदान दिएको छ भन्ने कुरामात्र हैन, भ्याट कसरी तिर्ने,बिल–बिजक कसरी राख्ने अनि दण्ड–जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि थाहा पाउनुपर्छ भन्ने सोचेर तालिम आयोजना गरिएको हो,’आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘कतिपय अवस्थामा गलत सूचना जाँदा फलानो व्यवसायीले भ्याट छल्यो भन्ने अफवाहसमेत फैलिने गरेको छ । संचार जगतले भ्याटबारे जानकारी पाउँदा गलत समाचार आउँदैनन् भन्ने पनि हामीले ठानेका छौँ ।’

तालिमको उद्घाटन सत्रकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको बताउँदै भ्याटबारे जानकारी राख्दा पत्रकारको दैनिक जीवनमा पनि त्यसले सघाउने बताइन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर आफैंमा जटिल विषय भए पनि आम नागरिकको चासोमा रहने हुँदा सरल तरिकाले यसबारे बुझाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । चार्टर्ड एकाउण्टेण्ट विवेक श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए । संघकी महासचिव गौतमका अनुसार संघले इच्छुक संचारकर्मीको लागि दोस्रो चरणमा पनि भ्याटबारे तालिम दिने छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…